सम्बन्ध विच्छेदको निवेदन दर्ता गर्नु अघि जान्नै पर्ने दश (१०) कुराहरू
सम्बन्ध विच्छेदको निवेदन दिने कार्य सामान्य हो । सम्बन्ध विच्छेद गर्नु अघि धरै विषयमा ध्यान दिनु पर्दछ । सम्बन्ध विच्छेदमा बच्चाको पालन पोषण कसरी गर्ने सम्पत्तिको भागबण्डा लगायतका धेरै जटिल प्रश्न जोडिएको हुन्छ । त्यसैले सम्बन्ध विच्छेद गर्नुअघि निम्न विषयलाई ध्यान दिंदा राम्रो हुन्छ ।
१) गर्भधारण गर्ने विषय
वैवाहिक सम्बन्ध बिग्रिंदै गएको छ र दुबैजनाको मेलमिलाप हुने संभावना छैन भने गर्भ धारण नर्गनु नै राम्रो हुन्छ । गर्भ धारण गरेको अवस्थामा सम्बन्ध विच्छेद भएमा गर्भको बच्चाको बाबु कायम गर्न र बच्चाको पालन पोषणको लागि खर्च लगायतका विषयमा विवाद सृजना हुन्छ ।
२ ) मानसिक र शारीरिक कारणले सम्बन्ध विच्छेद गर्ने अवस्था सृजना हुने विषय
वैवाहिक जीवनमा लामो समय सम्म पति पत्नी बीच मनमुटाव कायम रहेको हुन सक्छ । श्रीमान श्रीमती मध्ये लामो समयदेखि कुलतमा लागेको र जति प्रयास गर्दा पनि बानी व्यहोरा परिवर्तन नभएको अवस्थामा सम्बन्ध विच्छेदको निर्णय लिनु आवश्यक ठान्न सक्छन् । दाम्पत्य जोडीहरु एक आपसमा गहिरो माया प्रेम रहँदा रहदै पनि कहिलेकाहीँको सामान्य झगडा र मनमुटावले सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुग्न सक्छन् । त्यसैले पारिवारिक सम्बन्ध सकेसम्म सुमधुर कायम राख्नु पर्दछ ।
३ ) उपयुक्त कानून व्यवसायी रोज्ने विषय
सम्बन्ध विच्छेद मुद्दा चाँडो र सजिलोसँग सम्पन्न गर्ने कार्यमा कानून व्यवसायीको भूमिका महत्वपूर्ण हुन्छ । राम्रो अनुभवी कानून व्यवसायीलार्इ श्रीमान श्रीमती दुबैलाई राम्रो सित सम्झाएर दुई चार दिनमा सम्बन्ध विच्छेद गराउन सक्ने क्षमता हुन्छ । डिभोर्स नेपालमा राम्रो अनुभवी डिभोर्स सम्बन्धी कानून व्यवसायी हुनुहुन्छ । हामी सँग तीसौं बर्ष देखि सम्बन्ध विच्छेद सम्बन्धी काम गर्दै आउनु भएका महिला तथा पुरुष कानून व्यवसायीहरु हुनु हुन्छ । डिर्भोस नेपालले तपाई हरुलाई सहज रुपमा सम्बन्ध विच्छेदको विवादलाई निरोपण गर्न सहयोग गर्दछ ।
४ ) सम्पत्तिको दाबी गर्ने विषय
महिलाले सम्बन्ध विच्छेदको माग गर्दा श्रीमानसँग अंश लिएर सम्बन्ध विच्छेद गर्न पाउछन् । त्यसैले सम्बन्ध विच्छेद गर्नु अघि सम्पत्ति जग्गा जमिन कहाँ कति छ जानकारीमा राख्नुपर्दछ । नेपालमा सम्पत्ति जग्गा जमीन खोजी गर्नको लागि सम्बन्धित व्यक्तिको नागरिकता नम्बर भयो भने जग्गाको कित्ता नं पत्ता लाग्दछ । त्यसैले वैवाहिक सम्बन्धमा रहेको अवस्थामा नै सबैको नागरिकताको फोटोकपी जग्गा जमीनको फोटोकपी आफ्नो साथमा राख्नु पर्दछ । अंश सम्पत्तिको दाबी गर्दा मुद्दा मामिला लामो समय लाग्छ भनेर आफुले पाउने सम्पत्तिको दाबी नगरी सम्बन्ध विच्छेदको निवेदन दर्ता गर्नुहुदैन ।
५) बच्चाको पालन पोषण बारेमा बिचार गर्ने
सम्बन्ध विच्छेद गर्दा सबै भन्दा पीडित र बिचार गर्नुपर्ने भनेको बालबालिकाको पक्ष हो । सम्बन्ध विच्छेद गर्दा बालबालिका श्रीमानले संरक्षण गर्ने हो वा श्रीमतीले संरक्षण गर्ने स्पष्ट रुपमा सम्बन्ध विच्छेदमा उल्लेख गर्नुपर्दछ । नेपालको कानून अनुसार बालबालिकाको दश बर्षको उमेर सम्म आमाले छोरा छोरीको पालन पोषण गर्ने अधिकार हुन्छ । दश बर्ष पछि छोरा छोरीको इच्छा अनुसार संरक्षकत्व छान्न पाउने अधिकार हुन्छ । सम्बन्ध विच्छेद अघि बालबालिकाको पालन पोषण श्रीमान श्रीमती दुबैजनाको सहमतीमा राम्रो सित हुँदै आएकोमा सम्बन्ध विच्छेद पश्चात बाबु आमाको हेरचाह बालबालिकाले समान रुपमा नपाउने हुँदा बालबालिकालाई उक्त अवस्थाको पहिलानै जानकारी गराउनु पर्दछ ।
६ ) मुद्दा दायर गरे पछि सुरक्षाको लागि अन्य व्यवस्था गर्ने ।
सगोलको घरमा बसोबास गरेको अवस्थामा श्रीमतीले सम्बन्ध विच्छेद मुद्दा दायर गर्दा श्रीमानले घरबाट निकाल्ने जस्तो असुरक्षित हुने अवस्था आउन सक्छ । यस्तो अवस्था आउन सक्ने महसुस भएमा उक्त कुरा आफ्नो कानून व्यवसायीसँग भन्नुपर्दछ । कानून व्यवसायीले घरबाट ननिकाल्नु भनी अन्तरिम आदेश इन्जकसन जारी गरेर तपाईको सुरक्षाको बाताबरण सृजना गर्नुहुन्छ । तपाई बसिआएको घरमा बसेर मुद्दा लड्ने हो की बाहिर बसेर मुद्दा लड्ने हो बिचार गर्नुपर्दछ । बसिरहेको घरमा बसेर मुद्दा लड्दा आर्थिक अवस्था र अन्य अवस्थाले सुरक्षित नहुने अवस्था आएमा आफ्नो कानून व्यवसायीलाई भन्नुपर्दछ ।
७ ) संयुक्त खातामा भएको पैसा निकाल्ने
परिवारिक खर्चको लागि र अन्य कामको लागि श्रीमान श्रीमतीको नाममा संयुक्त खाता बनाउनु भएको छ भने उक्त खाता सम्बन्ध विच्छेद गर्नु अघि बन्द गर्दा सुरक्षित हुन्छ । तपाइले खाता बन्द गर्नु भएन भने उक्त खातामा भएको पैसाको दुरुपयोग हुन सक्छ । त्यसैले सम्बन्ध विच्छेद गर्नु अघि तपाईले उक्त खाता बन्द गरेर पैसा निकाल्नु पर्दछ ।
८) सम्पूर्ण सम्पत्तिको लेखा जोखा गर्ने
सम्बन्ध विच्छेदको प्रक्रियामा सम्पत्ति र दायित्वको दुबैको विभाजन हुन्छ । दुबैको सम्पत्ति कति छ हिसाब गरी आम्दानी र खर्चको वासलात तयार गर्नुपर्दछ । श्रीमान र श्रीमतीको नाममा कति र पैत्रिक सासु ससुराको नाममा कति सम्पत्ति जग्गा जमीन छ फेहरिस्त तयार पार्नु पर्दछ । त्यस्तै विभिन्न बैङ्कको कर्जा कति छ लिस्ट तयार गर्नुपर्दछ । यसरी बेलैमा सम्पूर्ण सम्पत्तिको जानकारी भयो भने उक्त सम्पत्ति दुरुपयोग नहोस भनेर रोक्का राख्न सक्नु हुन्छ ।
९) मानाचामल खाना खर्च माग गर्ने कि नगर्ने भन्ने बिषय
सम्बन्ध विच्छेद मुद्धा दायर पश्चात बालबच्चा पाल्न सक्ने अवस्था नहुन सक्छ । आफु र बालबच्चाको खाना खर्च जुटाउन सक्ने अवस्था छैन भने सम्बन्ध विच्छेदको निवेदनको साथ साथै खानाखर्च भराई पाउ भनी निवेदन दिनु पर्दछ ।
१०) श्रीमानले सम्बन्ध विच्छेद गर्दा ध्यान दिनु पर्ने आवश्यक विषय
२०७४ साल भन्दा अघि श्रीमानले सिधै अदालतमा सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था थिएन । श्रीमानले सिधै सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था २०७५ साल भदौ १ गते देखी सिभिल कोड लागु भएपछि मात्र व्यवस्था गरिएको हो । आज पनि श्रीमानले सम्बन्ध विच्छेद माग गर्दा अदालतले सामान्यतया सम्बन्ध विच्छेद नदिने अवस्था छ । श्रीमानले सम्बन्ध विच्छेदको माग गर्दा सबै प्रमाण एक एक उल्लेख गर्नुपर्दछ । वैवाहिक सम्बन्धमा प्रमाणका रूपमा दुई पक्ष बीचको फोनमा वार्तालाप भएको अडियो रेर्कडिङ्ग र एस . एम .एस को स्क्रिन सटहरु राख्नु पर्दछ ।
डिभोर्स नेपालले तपाईंलाई विवाद रहित सम्बन्ध विच्छेद गर्ने विषयमा उपयुक्त सहयोग गर्दछ । हामीसँग रहेको डिभोर्स प्याकेज अन्तरगत पति पत्नी दुबैका लागि प्रदेश विशेषका कागजातहरू, वैवाहिक बन्दोबस्त सम्झौता, बच्चाको पालन पोषण जिम्मेवारी एवं भेटघाट योजना पर्दछन् ।