
विवाह बदर र सम्बन्ध विच्छेद
This post is also available in:
English
Table of contents
विवाह बदर र सम्बन्ध विच्छेद
कानूनी रूपमा दुर्इ किसिमले विवाहको अन्त हुन्छ । दुर्इ तरिकामा एक चलन चल्तीमा रहेको सम्बन्ध विच्छेद र अर्को माध्यम विवाह बदर हो । विवाह बदर भन्नाले गैरकानूनी वा अबैधरूपमा विवाह गरिएको अवस्थामा अदालतमा कानूनी प्रक्रिया मार्फत विवाह बदर गर्नु भन्ने बुझिन्छ ।
विवाह बदर र सम्बन्ध विच्छेद बीच अन्तर
सम्बन्ध विच्छेद भन्नाले अदालतको प्रक्रिया मार्फत वैवाहिक सम्बन्धको अन्त गर्नु हो । सम्बन्ध विच्छेदले दुबैपक्षलाइ पुनः अविवाहितको मान्यता दिन्छ र पुनः विवाहको लागि मान्यता दिन्छ । बेलायत र अमेरिकामा अदालत बाट सम्बन्ध बिच्छेद गर्दाको अवस्थामा सम्बन्ध विच्छेदको कागजमा ल्याटिन म्याक्सिम “divortium a vinculo matrimonii” लेखिन्छ, यसले विवाहको सम्पूर्णकानूनी बन्धन अन्त गर्दछ । Annulment मा भने विवाह status जालझेल गरेर झुक्याएर लिइएको हुन्छ । यसरी जालझेल गरेको विवाह अदालतले बदर गरिदिन्छ । मूख्य रूपमा Annulment विवाह बदर र Divorce मा निम्न फरक छन्
- विवाहको कानूनी मान्यता
सम्बन्ध विच्छेदमा सम्बन्ध विच्छेद नभइन्जेल सम्म विवाहले कानूनी मान्यता पाउँछ । Annulment विवाह बदर मा विवाह गर्दाको अवस्था देखि नै बदर हुन्छ र कानूनी मान्यता पाउँदैन ।
- सम्पत्ति माथिको अधिकार
सम्बन्ध विच्छेद गर्दा पत्नीले पति सँग अंशको दाबी गरी पतिको अंश लिन सक्छिन् । विवाह बदरमा सम्पत्ति र अंशको दाबी गर्न मिल्दैन ।
- उजुरी /निवेदन
विवाह बदरमा उजुरी गर्ने हो । यसमा कसैलार्इ धोका दिएर झुक्याएर विवाह गरेमा मलाइ यसरी विवाह गरेको हो र बदर गरी पाँउ भनी अदालतमा उजुरी दिनु पर्दछ । त्यस्तै सम्बन्ध विच्छेदमा व्यक्तिले सम्बन्ध विच्छेदको कारण खोली निवेदन दिनु पर्दछ ।
- क्षतिपूर्तिको दाबी
विवाह बदरमा पीडित पक्षले सम्बन्धित जिल्ला अदालतमा उजुरी दिन पाउँछन् । अदालतमा उजुरी दिए पछि निजलार्इ झुक्याएर विवाह गर्दा भएको क्षति समेत सम्बन्धित पक्षसँग दाबी गर्न कानूनले दिन्छ ।
- विवाह वदर र सम्बन्ध विच्छेदको असर
विवाह बदरले व्यक्तिको वैवाहिक सम्बन्ध भएको भएको अवस्थालाइ हटार्इ नयाँ अवस्था सृजना गर्दछ । विवाह वदरले विवाह भएको भन्ने प्रमाणलार्इ नष्ट गर्दछ । सम्बन्ध विच्छेदमा पहिला विवाह गरेको रेर्कड प्रमाण रहन्छ । विवाहलाइ मान्यता दिएको हुन्छ ।
निम्न अवस्थामा विवाह बदरमा उजुरी गरि विवाह बदर गर्न सकिन्छः–
- हाडनाता विवाह :– यदि कसैको झुक्किएर हाडनातामा विवाह भएको अवस्थामा उक्त विवाह देवानी संहिता २०७४ को दफा ७० अनुसार बदर हुन्छ ।
- कम उमेरमा विवाह :– नेपालमा विवाहको लागि २० बर्ष उमेर हद राखेको छ । यदि सानो उमेरमा विवाह गराएमा विवाह बदर हुन्छ ।
- गम्भीर रोग लागेको :– यदि कसैलार्इ Human Immunodeficiency Virus (HIV) or Hepatitis ‘B’ or similar other incurable severe disease जस्ता रोग लागेको अवस्थामा झुक्याएर विवाह गरेमा उक्त विवाह बदर हुन्छ । विवाह बदर गर्न पीडितले जिल्ला अदालतमा उजुरी निवेदन दिनु पर्दछ । विवाह देवानी संहिता २०७४ को दफा ७० अनुसार उक्त विवाह बदर हुन्छ ।
- प्रजनन् अङ्ग नभएको :– यदि प्रजनन् अङ्ग नभएको , नपुंसक व्यक्तिले झुक्याएर विवाह गरेमा देवानी संहिता २०७४ को दफा ७० अनुसार बदर हुन्छ ।
- कान नसुन्ने :– यदि कान नसुन्ने भएको तर ढाँटेर छलेर विवाह गरेमा देवानी संहिता २०७४ को दफा ७० अनुसार बदर हुन्छ ।
- बहुविवाह :- यदि व्यक्तिले विवाह भइसके पछि पनि पुनः अर्को विवाह गरेमा उक्त विवाह बदर हुन्छ । सन् २०१७ मा जारी भएको नयाँ देवानी संहिताले दुर्इ वटा विवाहलाइ मान्यता दिएको छैन ।
- गर्भवती भएको :– यदि गर्भवति भएको महिलाले गर्भवति भएको तथ्य ढाटेर नयाँ व्यक्ति सँग विवाह गरेको अवस्थामा उक्त विवाह बदर हुन्छ ।
- अपराधमा सजाय पाएको :– यदि व्यक्तिले नैतिक पतन हुने अपराध गरेर सजाय पाएको कुरा लुकाएर विवाह गरेमा देवानी सिंहता २०७४ को दफा ७० अनुसार बदर हुन्छ ।