नेपालमा सम्बन्ध विच्छेदमा पतिको अधिकार
नेपालमा सम्बन्ध विच्छेदमा पतिको अधिकार पतिको कानूनी अधिकार भन्नाले कानूनमा पतिको अधिकार भनी उल्लेख गरिएको अधिकार हो । जसको अधिकार हनन्भएमा उपचारको व्यवस्था गरिएको हुन्छ । सम्बन्ध विच्छेद कानूनमा पतिको निम्न अधिकार रहन्छः
Table of contents
१ . सम्बन्ध विच्छेदको मुद्दा दिने अधिकार
पतिले सिधै अदालतमा गर्इ सम्बन्धविच्छेदको लागि निवेदन दिन सक्छन् । मुलुकी देवानी संहिता २०७४ अनुसार पतिले सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था छ । जसअनुसार निम्न
अवस्थामा पतिले सम्बन्ध विच्छेद गर्न पाउँछन् ।
क.पत्नीले अंश लिइ छुट्टिई बसेमा बर्ष भन्दा बढी समय छाडी अलग रहेमा,
ख. पत्नीले घरबाट निकालेमा
ग. शारीरिक वा मानसिक कष्ट Physical or Mental Cruelty दिएमा,
घ. पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेमा ।
२. मानाचामल Maintenance
मानाचामल Maintenance को लागि पतिले मानाचामल र खर्च दिन नपर्ने मुलुकी देवानी हिता २०७४ को दफा ८९ अनुसार पति वा पत्नीले एक अकर्कालार्इ इज्जत र क्षमता अनुसार खान लगाउन तथा स्वास्थ उपचारको व्यवस्था गर्नु वा गराउनु पर्नेछ । यदि पति शाररिक र मानसिक तरिकाले कमजेर र वा अयोग्य छ भने पतिले पत्नीलाई मानाचामल दिनु पर्दैन ।
३. सम्बन्ध विच्छेद पश्चात पनि छोरा छोरीले बाबुको थर राख्न पाउँछन्
पति पत्नीको सम्बन्ध बिच्छेद पश्चात पनि बाबुले छोरा छोरीको नाममा थर राख्न पाउँछन् ।
४.बच्चाको पालन पोषण
गर्ने अधिकार सम्बन्ध विच्छेद पश्चात बाबुले बच्चाको पालन पोषाण गर्ने
अधिकार प्राप्त गर्दछन् । देवानी संहिता २०७४ को दफा ११५ बमोजिम पाँच बर्षसम्म आमाले चाहेमा बच्चाको पालन पोषण गर्न पाउँछिन् । यस्तै पाँच बर्ष पछि बाबुले पालन पोषाणा गर्न
पाउछन् । दश बर्ष पछि भने बालकको इच्छा बमोजिम बाबु अथवा आमा छान्ने अधिकार हुन्छ ।
५. छोरा छोरी माथिको अधिकार
मुलुकी देवानी संहिता २०७४ को दफा ११८ बमोजिम
सम्बन्ध बिच्छेद पश्चात् पति पत्नीको सम्बन्ध हुदैन तर निजहरूको छोराछोरी सँग कानूनी अधिकार हुन्छ । अथार्त बाबु आमा वृद्ध हुँदा छोरा छोरीले पालन पोष गर्नुपर्ने अधिकार पनि
जोडिएको हुन्छ ।
६. पत्नीको दोष भएमा सम्पत्ति अंश दिनु नपर्ने
मुलुकी देवानी संहिता २०७४ को दफा ९९ बमोजिम यदि पत्नीले पतिलार्इ खान लाउन नदिर्इ घरबाट निकाला गरेमा ,पतिलार्इ कुटपिट गरेमा र पत्नीले अन्य पुरूषसँग करणी गरेमा त्यस्तो पत्नीलाइ अशं सम्पत्ति नदिर्इ सम्बन्ध विच्छेद गर्न सकिन्छ ।
नेपालमा घरेलु हिंसा
नेपालमा घरेलु हिंसाको विरूद्धमा वकालत गर्ने कानून व्यवसायी
घरेलु हिंसाको आरोप संवेदनशील आरोप हो । यदि तपार्इलाइ घरेलु हिंसाको आरोप लाग्यो भने डिभोर्स नेपालका कानून व्यवसायीहरूले तपार्इको उचित प्रतिरक्षा, कानूनी हकअधिकार, उपचार र विकल्पको विषयमा आवश्यक परामर्श र सेवा दिनुहुन्छ । डिभोर्स नेपालको सम्पर्क नम्बर ९७७ ९८५१२१२९४६ हो ।
१ ) घरेलु हिंसा भनेको के हो ?
घरेलु हिंसालाइ नेपाली कानूनहरूले देहायबमोजिम परिभाषित गरेका छन् ।
घरेलु हिंसा (कसूर र सजाय) ऐन, २०६६ को दफा २(क) मा घरेलु हिंसा भन्नाले कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना सम्झनु पर्छ भनि व्याख्या गरिएको छ।
“घरेलु सम्बन्ध” भन्नाले बंशज, विवाह वा धर्मपुत्र वा धर्मपुत्री भएको वा संयुक्त परिवारको सदस्य, आश्रित वा कामदारको रुपमा एकै परिवारमा बसेका व्यक्तिहरुका बीचमा भएको सम्बन्ध सम्झनु पर्छ ।र सो शब्दले सँगै बसेका जोडी वा अंश लिर्इ वा नलिर्इ भिन्न बसेका पति वा पत्नीको सम्बन्ध समेतलार्इ जनाउँछ।
उजुरी गर्ने(घरेलु हिंसा (कसूर र सजाय) ऐन २०६६ दफा ४ (१) अनुसार घरेलु हिंसा भएको, भैरहेको वा हुन लागेको थाहा पाउने जुनसुकै व्यक्तिले सो सम्बन्धी विवरण खुलार्इ प्रहरी कार्यालय वा राष्ट्रिय महिला आयोग वा स्थानिय तह समक्ष लिखित वा मौखिक उजुरी दिन सक्नेछ।
यसरी घरेलु हिंसा हुन पारिवारिक सम्बन्ध भएका कम्तीमा दुर्इ जना सदस्य सहभागी भएको हुनुपर्दछ । जबरजस्ती, दुर्व्यवहार, सजाय, त्रास वा बदलाको भावको सम्बन्ध भएको कारणबाट अधिकांश घरेलु हिंसा हुन पुग्दछ ।
घरेलु हिंसा (कसूर र सजाय) ऐन, २०६६ अनुसार हिंसाका प्रकार
१. शारीरिक हिंसा/यातना
शारीरिक यातना भन्नाले कुटपिट गर्ने, गैर कानूनी थुनामा राख्ने, शारीरिक चोट पुर्याउन, तेजाव वा यस्तै प्रकारका अन्य पदार्थ छर्किइ वा सो पदार्थले पोली, डामी, दल, घसी जीउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनै अंग कुरूप पारिदिने वा यस्तै काम गर्ने वा गराउने कार्य सम्झनु पर्दछ । (दफा२(ग))
२. मानसिक हिंसा/यातना
मानसिक यातना भन्नाले शारीरिक यातनाको डर धाक देखाउने वा धम्की दिने, त्रासपूर्ण व्यवाहर गर्ने, गालीगलौज गर्ने, झुट्टा बात लगाउने, घरबाट निकाला गर्ने, वैचारिक, धार्मिक, साँस्कृतिक, प्रथा परम्पराका आधारमा अपमानित गर्ने, मानसिक सन्तुलन गुमाउने, आत्महत्या गर्न दुरूत्साहन दिने वा आत्महत्या गर्ने परिस्थिति खडा गर्ने हदसम्मको कार्य सम्झनुपर्दछ र सो शब्दले मानसिक वा भावानात्मक चोट पुग्न सक्ने अन्य कुनै काम समेतलार्इ जनाउँछ।(दफा २(घ))
३. यौनजन्य हिंसा/यातना
यौनजन्य हिंसा/यातना भन्नाले यौनजन्य प्रकृतिको दुर्व्यवहार, अपमान, हतोत्साह वा आत्मसम्मानमा चोट पुर्याउने वा सुरक्षित यौन स्वास्थ्यमा आघात पुग्ने कुनै पनि कार्य सम्झनुपर्छ । (दफा२(ङ))
४. आर्थिक हिंसा/यातना
आर्थिक हिंसा/यातना भन्नाले सगोल वा निजी सम्पत्तिको प्रयोग गर्न वा रोजगारी वा आर्थिक स्रोत साधनको पहुँच वा प्रयोगमा वञ्चित गर्ने कार्य सम्झनुपर्छ र सो शब्दले महिलाको हकमा दाइजो माग गर्ने, दाइजो ल्याउन दबाव दिने वा दाइजो नल्याएको कारणबाट गरिने घृणा, हेला वा तिरस्कार समेतलार्इ जनाउँछ। (दफा २(च))
घरेलु हिंसा मुद्दा पतिले हाल्न मिल्छ कि मिल्दैन
घरेलु हिंसा (कसूर र सजाय) ऐन, २०६६ ले नजीकको नाताले शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना दिएमा घरेलु हिंसा हुने भनि व्याख्या गरिएको छ । यस अनुसार यदि पत्नीले पतिलार्इ कुटपिट गरेमा, घरबाट निकालेमा पतिले पत्नीलाइ घरेलु हिंसामा मुद्दा हाल्न मिल्दछ ।
घरेलु हिंसा भएमा कुन ठाउँमा उजुरी गर्ने
घरेलु हिंसा भएको, भैरहेको वा हुन लागेको थाहा पाउने जुनसुकै व्यक्तिले हिंसा गरेको विवरण खुलाई निम्न कार्यालयमा उजुरी गर्न सकिन्छ । यसमा पीडितले मात्र उजुरी गर्नुपर्छ भन्ने छैन ।
क. नजीकको प्रहरी कार्यालय
ख. राष्ट्रिय महिला आयोग
ग. नगरपालिका वा वडा कायर्लयमा अर्थात स्थानीय तह
घ. जिल्ला अदालत
घरेलु हिंसाको को उजुरी प्रक्रिया
१. लिखित र मौखिक रूपमा उजुरी गर्ने
परिवारमा घरेलु हिंसा भएमा जो कसैले पनि लिखित रूपमा अथवा मौखिक रूपमा नजिकको प्रहरी कार्यालयमा वा नगरपालिकामा उजुरी गर्न सकिन्छ । प्रहरी कार्यालयमा उजुरी गरे पश्चात प्रहरीले आफैले लेखी अथवा लेखाई उजुरीकर्ताको सहीछाप गराई दर्ता गर्ने गर्दछ । यदि पीडकले अङ्ग भङ्ग हुने गरी कुटपिट गरेमा वा तेजाब वा यस्तै प्रकारका अन्य पदार्थ छर्किइ वा सो पदार्थले पोली, डामी, दली, घसी जीउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनैअंग कुरुप पारिदिने गरी भएको शारीरिक यातना वा यौनजन्य यातना सम्बन्धी घरेलु हिंसाको कसूर गरेमा कानून बमोजिम नजीकको प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिन सक्नेछ ।
२. पीडकलाइ झिकाउने
उजुरी पश्चात उजुरी सुन्ने कार्यालयले चौबीस घण्टाभित्र पीडक अथवा हिंसा गर्ने व्यक्तिलाई झिकाई र अटेर गरे पक्राउ गरी तुरुन्त बयान गराउने गर्दछ ।
३. पीडितलाई उपचार गराउने
घरेलु हिंसाको कारण पीडितलाई कुनै शारीरिक चोटपटक वा मानसिक यातना पुगेको देखिएमा तत्काल उपचारका लागि नजीकको अस्पताल वा स्वास्थ्य केन्द्रमा पठाई निजको उपचार र घाउ जाँच गराउनु पर्दछ ।
४. मेलमिलापको पहल गर्ने
प्रहरी कार्यालय वा वडा कार्यालयले यदि पीडितले मेलमिलापको चाहना गरेमा दुबै पक्षलार्इ बोलाएर मेलमिलापको लागि पहल गर्नु पर्दछ ।
५. अदालतमा पठाउने
प्रहरी कार्यालय वा नगरपलिकामा उजुरी दर्ता गरेपश्चात दुबै पक्ष बीच मेलमिलाप हुन नसकेमा उजुरीकर्ताको सहमतिमा घरेलु हिंसासँग सम्बन्धित प्रमाण उल्लेख गरी सम्बन्धित जिल्ला अदालतमा मुद्दा गर्नुपर्दछ ।
६. अन्तरिम संरक्षणात्मक आदेश जारी गर्न सक्ने
यदि पहिलो हेराइमा नै घरेलु हिंसा प्रमाणित भएमा अदालतले अन्तरिम संरक्षणात्मक आदेश जारी गर्न सक्छ । यस्तो आदेशले दोषीलाइ थप घरेलु हिंसा गर्नबाट बचाउँछ । साथै अदालतको आदेशले पीडकका लागि वैकल्पिक बसोबासको व्यवस्था उपलब्ध गराउँछ ।
७. क्षतिपूर्ति पाउने
घरेलु हिंसाबाट पीडित व्यक्ति मानसिक वा शारीरिक रुपमा अशक्त भएको कारणले अस्पतालमा उपचार गराउनु परेमा र उपचार गराउदा खर्चभएको रकम क्षतिपूर्ति बापत पीडितलाइ दिलार्इ दिनु पर्दछ । पीडित व्यक्तिलाई घरेलु हिंसाको प्रकृति, मात्रा, पीडितलाई पुगेको पीडा र पीडक तथा पीडितको आर्थिक तथा सामाजिक हैसियत समेतलाई विचार गरी अदालतले पीडकबाट मनासिव माफिकको क्षतिपूर्ति भराइदिन सक्नेछ ।
८. सजाय गर्ने
अदालतले कसैलाइ घरेलु हिंसा सम्बन्धी कसूर गरेमा त्यस्तो व्यक्तिलाई सजाय हुनेछ । घरेलु हिंसा गरेमा त्यस्तो व्यक्तिलाई तीन हजार रुपैया देखि पच्चीस हजार रुपैया सम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुनेछ । त्यस्तै घरेलु हिंसाको उद्योग वा दुरुत्साहन गर्ने वा मतियार हुनेलाई मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय हुनेछ ।
सम्बन्ध विच्छेदको निवेदन दर्ता गर्नु अघि जान्नै पर्ने दश (१०) कुराहरू
सम्बन्ध विच्छेदको निवेदन दिने कार्य सामान्य हो । सम्बन्ध विच्छेद गर्नु अघि धरै विषयमा ध्यान दिनु पर्दछ । सम्बन्ध विच्छेदमा बच्चाको पालन पोषण कसरी गर्ने सम्पत्तिको भागबण्डा लगायतका धेरै जटिल प्रश्न जोडिएको हुन्छ । त्यसैले सम्बन्ध विच्छेद गर्नुअघि निम्न विषयलाई ध्यान दिंदा राम्रो हुन्छ ।
१) गर्भधारण गर्ने विषय
वैवाहिक सम्बन्ध बिग्रिंदै गएको छ र दुबैजनाको मेलमिलाप हुने संभावना छैन भने गर्भ धारण नर्गनु नै राम्रो हुन्छ । गर्भ धारण गरेको अवस्थामा सम्बन्ध विच्छेद भएमा गर्भको बच्चाको बाबु कायम गर्न र बच्चाको पालन पोषणको लागि खर्च लगायतका विषयमा विवाद सृजना हुन्छ ।
२ ) मानसिक र शारीरिक कारणले सम्बन्ध विच्छेद गर्ने अवस्था सृजना हुने विषय
वैवाहिक जीवनमा लामो समय सम्म पति पत्नी बीच मनमुटाव कायम रहेको हुन सक्छ । श्रीमान श्रीमती मध्ये लामो समयदेखि कुलतमा लागेको र जति प्रयास गर्दा पनि बानी व्यहोरा परिवर्तन नभएको अवस्थामा सम्बन्ध विच्छेदको निर्णय लिनु आवश्यक ठान्न सक्छन् । दाम्पत्य जोडीहरु एक आपसमा गहिरो माया प्रेम रहँदा रहदै पनि कहिलेकाहीँको सामान्य झगडा र मनमुटावले सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुग्न सक्छन् । त्यसैले पारिवारिक सम्बन्ध सकेसम्म सुमधुर कायम राख्नु पर्दछ ।
३ ) उपयुक्त कानून व्यवसायी रोज्ने विषय
सम्बन्ध विच्छेद मुद्दा चाँडो र सजिलोसँग सम्पन्न गर्ने कार्यमा कानून व्यवसायीको भूमिका महत्वपूर्ण हुन्छ । राम्रो अनुभवी कानून व्यवसायीलार्इ श्रीमान श्रीमती दुबैलाई राम्रो सित सम्झाएर दुई चार दिनमा सम्बन्ध विच्छेद गराउन सक्ने क्षमता हुन्छ । डिभोर्स नेपालमा राम्रो अनुभवी डिभोर्स सम्बन्धी कानून व्यवसायी हुनुहुन्छ । हामी सँग तीसौं बर्ष देखि सम्बन्ध विच्छेद सम्बन्धी काम गर्दै आउनु भएका महिला तथा पुरुष कानून व्यवसायीहरु हुनु हुन्छ । डिर्भोस नेपालले तपाई हरुलाई सहज रुपमा सम्बन्ध विच्छेदको विवादलाई निरोपण गर्न सहयोग गर्दछ ।
४ ) सम्पत्तिको दाबी गर्ने विषय
महिलाले सम्बन्ध विच्छेदको माग गर्दा श्रीमानसँग अंश लिएर सम्बन्ध विच्छेद गर्न पाउछन् । त्यसैले सम्बन्ध विच्छेद गर्नु अघि सम्पत्ति जग्गा जमिन कहाँ कति छ जानकारीमा राख्नुपर्दछ । नेपालमा सम्पत्ति जग्गा जमीन खोजी गर्नको लागि सम्बन्धित व्यक्तिको नागरिकता नम्बर भयो भने जग्गाको कित्ता नं पत्ता लाग्दछ । त्यसैले वैवाहिक सम्बन्धमा रहेको अवस्थामा नै सबैको नागरिकताको फोटोकपी जग्गा जमीनको फोटोकपी आफ्नो साथमा राख्नु पर्दछ । अंश सम्पत्तिको दाबी गर्दा मुद्दा मामिला लामो समय लाग्छ भनेर आफुले पाउने सम्पत्तिको दाबी नगरी सम्बन्ध विच्छेदको निवेदन दर्ता गर्नुहुदैन ।
५) बच्चाको पालन पोषण बारेमा बिचार गर्ने
सम्बन्ध विच्छेद गर्दा सबै भन्दा पीडित र बिचार गर्नुपर्ने भनेको बालबालिकाको पक्ष हो । सम्बन्ध विच्छेद गर्दा बालबालिका श्रीमानले संरक्षण गर्ने हो वा श्रीमतीले संरक्षण गर्ने स्पष्ट रुपमा सम्बन्ध विच्छेदमा उल्लेख गर्नुपर्दछ । नेपालको कानून अनुसार बालबालिकाको दश बर्षको उमेर सम्म आमाले छोरा छोरीको पालन पोषण गर्ने अधिकार हुन्छ । दश बर्ष पछि छोरा छोरीको इच्छा अनुसार संरक्षकत्व छान्न पाउने अधिकार हुन्छ । सम्बन्ध विच्छेद अघि बालबालिकाको पालन पोषण श्रीमान श्रीमती दुबैजनाको सहमतीमा राम्रो सित हुँदै आएकोमा सम्बन्ध विच्छेद पश्चात बाबु आमाको हेरचाह बालबालिकाले समान रुपमा नपाउने हुँदा बालबालिकालाई उक्त अवस्थाको पहिलानै जानकारी गराउनु पर्दछ ।
६ ) मुद्दा दायर गरे पछि सुरक्षाको लागि अन्य व्यवस्था गर्ने ।
सगोलको घरमा बसोबास गरेको अवस्थामा श्रीमतीले सम्बन्ध विच्छेद मुद्दा दायर गर्दा श्रीमानले घरबाट निकाल्ने जस्तो असुरक्षित हुने अवस्था आउन सक्छ । यस्तो अवस्था आउन सक्ने महसुस भएमा उक्त कुरा आफ्नो कानून व्यवसायीसँग भन्नुपर्दछ । कानून व्यवसायीले घरबाट ननिकाल्नु भनी अन्तरिम आदेश इन्जकसन जारी गरेर तपाईको सुरक्षाको बाताबरण सृजना गर्नुहुन्छ । तपाई बसिआएको घरमा बसेर मुद्दा लड्ने हो की बाहिर बसेर मुद्दा लड्ने हो बिचार गर्नुपर्दछ । बसिरहेको घरमा बसेर मुद्दा लड्दा आर्थिक अवस्था र अन्य अवस्थाले सुरक्षित नहुने अवस्था आएमा आफ्नो कानून व्यवसायीलाई भन्नुपर्दछ ।
७ ) संयुक्त खातामा भएको पैसा निकाल्ने
परिवारिक खर्चको लागि र अन्य कामको लागि श्रीमान श्रीमतीको नाममा संयुक्त खाता बनाउनु भएको छ भने उक्त खाता सम्बन्ध विच्छेद गर्नु अघि बन्द गर्दा सुरक्षित हुन्छ । तपाइले खाता बन्द गर्नु भएन भने उक्त खातामा भएको पैसाको दुरुपयोग हुन सक्छ । त्यसैले सम्बन्ध विच्छेद गर्नु अघि तपाईले उक्त खाता बन्द गरेर पैसा निकाल्नु पर्दछ ।
८) सम्पूर्ण सम्पत्तिको लेखा जोखा गर्ने
सम्बन्ध विच्छेदको प्रक्रियामा सम्पत्ति र दायित्वको दुबैको विभाजन हुन्छ । दुबैको सम्पत्ति कति छ हिसाब गरी आम्दानी र खर्चको वासलात तयार गर्नुपर्दछ । श्रीमान र श्रीमतीको नाममा कति र पैत्रिक सासु ससुराको नाममा कति सम्पत्ति जग्गा जमीन छ फेहरिस्त तयार पार्नु पर्दछ । त्यस्तै विभिन्न बैङ्कको कर्जा कति छ लिस्ट तयार गर्नुपर्दछ । यसरी बेलैमा सम्पूर्ण सम्पत्तिको जानकारी भयो भने उक्त सम्पत्ति दुरुपयोग नहोस भनेर रोक्का राख्न सक्नु हुन्छ ।
९) मानाचामल खाना खर्च माग गर्ने कि नगर्ने भन्ने बिषय
सम्बन्ध विच्छेद मुद्धा दायर पश्चात बालबच्चा पाल्न सक्ने अवस्था नहुन सक्छ । आफु र बालबच्चाको खाना खर्च जुटाउन सक्ने अवस्था छैन भने सम्बन्ध विच्छेदको निवेदनको साथ साथै खानाखर्च भराई पाउ भनी निवेदन दिनु पर्दछ ।
१०) श्रीमानले सम्बन्ध विच्छेद गर्दा ध्यान दिनु पर्ने आवश्यक विषय
२०७४ साल भन्दा अघि श्रीमानले सिधै अदालतमा सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था थिएन । श्रीमानले सिधै सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था २०७५ साल भदौ १ गते देखी सिभिल कोड लागु भएपछि मात्र व्यवस्था गरिएको हो । आज पनि श्रीमानले सम्बन्ध विच्छेद माग गर्दा अदालतले सामान्यतया सम्बन्ध विच्छेद नदिने अवस्था छ । श्रीमानले सम्बन्ध विच्छेदको माग गर्दा सबै प्रमाण एक एक उल्लेख गर्नुपर्दछ । वैवाहिक सम्बन्धमा प्रमाणका रूपमा दुई पक्ष बीचको फोनमा वार्तालाप भएको अडियो रेर्कडिङ्ग र एस . एम .एस को स्क्रिन सटहरु राख्नु पर्दछ ।
डिभोर्स नेपालले तपाईंलाई विवाद रहित सम्बन्ध विच्छेद गर्ने विषयमा उपयुक्त सहयोग गर्दछ । हामीसँग रहेको डिभोर्स प्याकेज अन्तरगत पति पत्नी दुबैका लागि प्रदेश विशेषका कागजातहरू, वैवाहिक बन्दोबस्त सम्झौता, बच्चाको पालन पोषण जिम्मेवारी एवं भेटघाट योजना पर्दछन् ।
सम्बन्ध विच्छेदका हुनबाट रोक्ने दश निरोधात्मक उपायहरू
सम्बन्ध विच्छेदका हुनबाट रोक्ने दश निरोधात्मक उपायहरू
वैवाहिक जीवनमा सम्बन्ध विच्छेदमात्र अन्तिम बिकल्प होइन । हामीले वैवाहिक सम्बन्ध अन्त्य गर्नु अघि सकेसम्म हामीहरुको माया ममता कति थियो किन हामी छुट्टिनु पर्दछ भनी राम्रो बिश्लेषण गर्नुपर्दछ। यदि तपाईहरू बीच धेरै माया ममता छ भने सम्बन्ध विच्छेदको बारेमा सोच्नु मूर्खता हुन्छ । यसैले “डिर्भोस नेपाल डट कम” ले निम्न १० तरिका ले सम्बन्ध विच्छेद रोक्न सकिन्छ भनी सुझाव दिन चाहन्छ ।
१. सम्बन्ध विच्छेदको सोच नराख्ने
आधुनिक बिश्वमा हामी निकै स्वतन्त्र भएर बाच्न चाहन्छौं । विवाह पश्चात पनि श्रीमान श्रीमती सानो सानो कुरामा झै झगडा गरी आफ्नो स्वतन्त्रता गुमेको महसुस गर्दछौं । यस्तोमा हामीलाई जुनसुकै बेला पनि सम्बन्धविच्छेद गर्दा जीवन राम्रो हुन्छकी भनेर कल्पना गर्दछौं । यस्तो सोच मन बाट हटाउनु पर्दछ । पारिवारिक सम्बन्धमा के गर्दा राम्रो हुन्छ भन्ने सोच्नु पर्दछ । सम्बन्ध विच्छेद आफैमा अन्तिम विकल्प होईन ।
२. एक अर्कोलाई सम्मान गर्ने
सम्बन्धमा एक अर्कोलाई जहिले सम्मानपूर्वक व्यवहार गर्नुपर्दछ । श्रीमानले जहिले पनि आफ्नो श्रीमतीले सम्मानपूर्वक व्यवहार गरेको हेर्न चाहन्छन् । त्यस्तै श्रीमतीले पनि आफ्नो श्रीमानले सदैव माया हेरचाह गरेको महसुस गर्न चाहन्छन् । त्यसैले श्रीमान श्रीमतीमा दुबैले एक अर्कोलाई सम्मान गर्ने कार्य गर्नुपर्दछ । तपाईले कम्तीमा दुवै जनाको राम्रो बानी व्यहोरा सम्झनु जसले गर्दा यदी तपाईलाई नकारामत्मक सोच आयो भने तपाईको जीवनसाथीको सकारात्मक कार्यबाट तपाईले आफ्नो साथीलाई माया गर्न थाल्नु हुनेछ ।
३. सम्पर्क स्थापित गर्न खोज्ने
अहिले संसार इन्टरनेटको भएको छ । प्रत्येक दम्पत्ती युवायुवतीहरु स्मार्ट फोनमा र टिभि सिरियलमा व्यस्त हुने गर्दछन् । मानिस भावानात्मक प्राणी हो । आवेग , माया , घृणा जस्ता क्रियाकलापहरू सँगै मानिसको जीवनको सम्बन्धमा अगाडि बढेको हुन्छ । त्यसैले दाम्पत्य जीवनमा भविष्यको योजना, भविष्यको सपना र दुःखपूर्ण जिन्दगीको भोगाई एक अर्कोलाई साटासाट गर्दा पनि निकै आत्मियता र सुखको अनुभव हुन्छ । यसका साथै श्रीमान श्रीमती बीच प्रत्येक दिन कम्तीमा पनि लगातार तीस मिनेट कुराकानी गर्ने वातावरणले सुमधुर सम्बन्धका लागि सहयोग पुग्छ ।
४. घरखर्च मिलेर गर्ने
वैवाहिक जीवनमा घरखर्चको ठुलो भूमिका हुन्छ । प्रायजसो दम्पतीहरुको घरखर्चमा कुरा नमिलेर मनमुटाव हुने र सम्बन्ध विच्छेद गर्नु पर्ने अवस्था सम्म पुगेका हुन्छन् । श्रीमान श्रीमती बीच आफ्नो आम्दानी अनुसार खर्च गर्ने बानी बसाल्नु पर्दछ । प्राय महिलाहरुको देखासिखी गर्ने र अन्य व्यक्तिको हेरेर आफ्नो पनि त्यस्तै जीवनशैली भएको हेर्न चाहन्छन् । यसरी श्रीमानको आर्थिक अवस्था कमजोर हुँदा हुँदै नचाहिदो माग गर्दा सम्बन्ध बिग्रिन जान्छ ।
५. परिवारको लागि समय दिने
प्राय सम्बन्ध विच्छेद मुद्दा सधै काममा लागिरहने व्यक्तिको हुने गर्दछ । श्रीमान श्रीमती दुवैले एक अर्कोलाई समय दिनु पर्दछ। वैवाहिक सन्तुलन कायम राख्न श्रीमान श्रीमतीले एक अर्कालार्इ पर्याप्त समय दिनु पर्दछ। जस्तै गर्भ रहेको अवस्थामा श्रीमतीले आफूलार्इ श्रीमानले बिशेष हेरचाह गरोस् भन्न चाहन्छन् । यदि तपाईले त्यस्तो अवस्थामा हेरचाह गर्ने समय दिनु भएन भने त्यसले नै तपाईहरूको सम्बन्धमा फाटो ल्याउने काम गर्दछ । प्रायजसो श्रीमतीहरूमा सम्बन्ध विच्छेदको विचार श्रीमानले परिवारलाई समय नदिंदा आउने गरेको देखिन्छ ।
६. तुरुन्त माफ गर्ने
मानिसको जीवनमा सबै सोचेजस्तो हुँदैन । मानिसले चाहेर नचाहेर पनि विभिन्न गल्ती गरिरहेका हुन्छन् । दाम्पत्य जीवनमा पनि त्यस्तो धेरै गल्ती भईरहेको हुन्छ । त्यस्तो गल्तीलाई माफ गर्नु पर्दछ । जीवन साथीको प्रत्येक गल्तीलाई माफ गरिदिनु पर्दछ । कसैले एकचोटीको गल्तीलाई सदैव सम्झेर सधैंभरी झगडा गर्दा सम्बन्धमा नराम्रो हुने र सम्बन्धमा चिसोपना आउछ । सम्बन्ध विच्छेद सम्बन्धी अनुसन्धानले समेत मनमा तुष राख्ने बानीले नै सम्बन्ध विच्छेद बढाउने कार्य गर्दछ भनेको छ।
७. एक आपसमा नियन्त्रण गर्ने प्रयास नगर्ने
पारिवारिक जीवनमा नियन्त्रणले नराम्रो स्थिति सृजना गर्दछ । श्रीमान श्रीमती बीच एकआपसमा हुने नियन्त्रणले निजहरूको स्वतन्त्रता हनन् हुने गर्दछ ।साथै नियन्त्रणले जीवनमा प्रगति गर्ने नयाँ सोच एवं जाँगरलाइ नष्ट गर्दछ । त्यसैले जोकसैले पनि आफ्नो जीवनसाथीलाई नियन्त्रणमा राख्ने प्रयास नै नगर्नु उत्तम हुन्छ।
८. समयमै परामर्श लिने
परिवार समाजको महत्वपूर्ण एकाई हो । परिवार विघटन हुँदा समाज र राष्ट्रको समेत अप्रत्यक्ष रुपमा क्षति हुन्छ । सम्बन्ध विच्छेद जीवनको चुनौतिपूर्ण निर्णय हो । यसबाट बच्चाको र आफ्नै जीवनमा पनि निकै ठूलो असर पुग्छ । त्यसैले यस्तो अवस्था आउनुपूर्वनै विज्ञ कानून व्यवसायीहरु सँग परामर्श गर्नु उपयुक्त हुन्छ।
९. सम्बन्ध विच्छेद रोक्न शारिरिक तथा मानसिक रुपमा नै तयार हुने
सम्बन्ध विच्छेदले सामान्यतया जीवनमा नकारात्मक असर पार्दछ । यदि श्रीमान श्रीमती बीच मनमुटाव आएमा आफ्नो जागीर र अन्य काम छोडेर कसरी सम्बन्ध मजवुत बनाउने भनी शारीरिक तथा मानसिक रुपमा तयार हुनु पर्दछ । श्रीमान श्रीमती दुबैजना एकै टेबुलमा बसेर दुबैजनाको कमजोर पक्ष केलाउनु पर्दछ । यसरी समयमा उक्त कार्य गर्नु भएमा सम्बन्ध विच्छेद हुन बाट रोकिन्छ।
१०. परस्परमा जवाफदेही हुने
वैवाहिक जीवनमा जवाफदेहिताको ठूलो महत्व रहन्छ । श्रीमान श्रीमती बीच जुन बिषयले विवाद र मनमुटाव ल्याएको छ , त्यस्तो मनमुटावको विषयलाई एक आपसमा स्पष्टरुपमा राख्नु पर्दछ । विवाहित जोडीहरुले आफ्नो गल्ती र मनमुटाव हुनुको स्पष्ट जवाफ दिनु पर्दछ।
सम्बन्ध विच्छेद गराउने कानून व्यवसायीको दक्षता
सम्बन्ध विच्छेद गराउने कानून व्यवसायीको दक्षता
सम्बन्ध बिच्छेद मुद्दा संवेदनशील ( sensitive) विषयवस्तु हो। सम्बन्ध बवच्छेदमा बालबच्चाको संरक्षण(custody) र महिलाको सम्पत्ति जस्ता जटिल विषयवस्तु समावेस भएका हुन्छन्। त्यसैले Divorce lawyer ले निम्न कुराहरुमा विशेष ध्यान दिनुपर्दछ।
सम्बन्ध विच्छेदको कारण खोज्नुपर्ने
सम्बन्ध विच्छेद सम्बन्धी कानून व्यवसायीको समाजप्रति पनि उत्तरदायित्व हुने गर्दछ ।पति पत्नी बीच वैवाहिक सम्बन्ध सधैं भरी कायम राख्न खोज्नु नै सम्बन्ध विच्छेद सम्बन्धी कानून व्यवसायीहरुको परम धर्म हो । यसका लागि कानून व्यवसायीहरुले पीडितको भनाई राम्रो सँग सुन्नुपर्दछ । अहिले व्यक्तिहरूमा विभिन्न कारणले मानसिक समस्या बढ्दो क्रममा छ । मानसिक समस्याले पनि कतिपयले सम्बन्ध विच्छेदको लागि निवेदन दिने गर्दछन् । यस्तो अवस्थामा कानून व्यवसायीहरुले सम्बन्ध विच्छेद नगरी राम्रो मानसिक चिकित्सकको सल्लाह लिने सुझाव दिनुपर्दछ ।
आवश्यकता के हो? हेर्नु पर्ने
सम्बन्ध विच्छेद सम्बन्धी कानून व्यवसायीले सम्बन्ध विच्छेदको सल्लाह लिन आउँदा पीडित व्यक्तिको तत्काल आवश्यकता के हो? हेर्नुपर्दछ । सम्बन्ध विच्छेद कुन कारणले गर्न खोजेको भनी पत्ता लगाउनु पर्दछ । सम्बन्ध विच्छेद माग्नुको कारण पत्ता लागेपछि के आवश्यकता हो सोही अनुसार सल्लाह दिनु पर्दछ ।
सम्बन्ध विच्छेदको मुद्दा हेर्दा निम्न सीप चाहिन्छः–
१. सञ्चार सीप
सम्बन्ध विच्छेद गर्ने कानून व्यवसायीले धेरै कुराहरु पक्षसँग लिनुपर्ने हुन्छ । साथै सम्बन्ध विच्छेद गर्दा सामान्य गल्तीले समेत धेरै ठुलो असर पर्ने भएकाले कानून व्यवसायीसँग देहायका सञ्चार सीप आवश्यक पर्दछ ।
- पक्षसँग प्रभावकारी संवाद कायम गर्ने
- निज सँग विवाह लगायतका सम्पुर्ण सूचना सहज रुपमा प्राप्त गर्ने
- पक्षलार्इ सामाजिक रुपमा उचित निर्णय लिन मद्दत गर्ने
- पक्षसँग बढीभन्दा बढी कुराकानी गर्ने
२. सुन्ने क्षमता
सामान्यतया पुरुषको हिंसाले महिलाहरु बोल्नलार्इ डर मानिरहेका हुन्छन् । यस्तो अवस्थामा कानून व्यवसायीले पक्षलार्इ बोल्नको लागि प्रेरित गर्न सक्नुपर्छ । सामान्यतया सुन्ने क्षमता निम्न २ प्रकारका हुन्छन् ।भ्
अ) आफु निष्क्रिय रही सुन्ने क्षमता (Passive listening): निष्क्रय भर्इ सुन्नु पनि एउटा दक्षता हो । निष्क्रियता को अर्थ नसुन्नु वा ध्यान नदिनु भन्ने होर्इन । बरु बोल्ने व्यक्तिको प्रवाहमा कुनै बाधा नआवस् भनी चुप लागेर सुन्नु हो । Passive listening गर्दा निम्न विषयमा ध्यान दिनु पर्दछ ।
ऑखाको सम्पर्क : आखाको सम्पर्क बनाइ राख्नु पर्दछ ।
बसाइको अवस्था : आफ्नो बसाइको अवस्था अनुशासित बनाउनुपर्दछ ।
सहमत हुनु : पक्षको कुरालार्इ सुनेर उस्को पीडा महसुस गर्दै उस्को कुरामा सहमत हुनुपर्दछ ।
टाउको हल्लाउनु : सम्बन्ध विच्छेद गर्न चाहने महिला वा पुरूषले पीडाको महसुस गरिरहेको हुन्छ । त्यसैले पीडितको सान्त्वनाको लागि भए पनि परामर्श को लागी बस्दा टाउको हल्लार्इ निजको कुरा सुनिदिनु पर्छ ।
आवश्यकता अनुसार आफ्नो अभिव्यक्ति दिने: महिलाहरु श्रीमान र परिवारसँगको पीडाले गर्दा बोल्न, आफ्नो कुरा राख्न नसक्ने हुन्छन् । यसरी बोल्दाबोल्दै पक्ष चुप लागेको अवस्थामा पनि त्यस पछि के भयो अथवा अगाडी भन्दै जानुस भनेर पक्षलार्इ बोल्न उक्साउनु पर्दछ ।
आ)आफु सक्रिय रही सुन्ने क्षमता (Active listing):
कानून व्यवसायीले सक्रिय श्रोता बनी सम्बन्ध विच्छेद गर्न चाहने पक्षलार्इ कुराकानीकै क्रममा उसको दु : ख यस्तो प्रकारको हो , कानूनमा यसलार्इ यसरी सम्बोधन गरेको छ र सम्बन्ध विच्छेद यो तरिका बाट गर्न सकिन्छ भनेर सल्लाह दिनुपर्दछ ।
डिर्भोसको नमुना अथवा स्याम्पल पेपर
डिर्भोसको नमुना अथवा स्याम्पल पेपर
नेपालमा डिर्भोस पेपर को स्याम्पल अन्य डकुमेन्ट जस्तो दुबैजनाको नाम लेखेर, सही छाप गरेर र फोटो टाँसेर अदालतको कागजमा प्रिन्ट गरी दिने प्रमाण पत्र होइन । सम्बन्ध विच्छेदमा सम्बन्ध विच्छेद गर्नुपर्ने कारण खुलाएर एक पक्षले अदालतमा निवेदन दिएर मात्र डिभोर्सको फाइलिङ गरिन्छ । डिर्भोसमा पति वा पत्नीले अदालतमा निवेदन दिए पछि अर्को पक्षले लिखित जवाफ पेश गर्नुपर्ने हुन्छ । यसपछिअदालतमा दुइ तरिकाले सम्बन्ध विच्छेद हुने गर्दछ । एक Mutual Consent र अर्को अदालतको फैसला court order बाट सम्बन्ध विच्छेद हुने गर्दछ ।
- Mutual Consent Divorce Sample –
Mutual Consent Divorce sample paper दुबै पक्षको वकिलले तयार गर्ने हो । यसमा पेपरको हेडिङ्गमा माथि चार इन्च छोडनु पर्दछ । उक्त छोडेको भागमा अदालतका न्यायाधीशले प्रमाणीकरण गर्दछन् । Mutual Consent Divorce sample मा पहिला सम्बन्ध विच्छेद निवेदन दिने व्यक्तिको व्यहोरा लेखिन्छ । त्यसपछि प्रत्तिउत्तर जिकिर लेखिन्छ र के कुरामा मिलेको हो त्यसको अंश पनि लेखिन्छ ।
- Court Order Divorce Sample –
सम्बन्ध विच्छेदमा दुबै जनाको सहमति नभएमा अदालतको फैसलाबाट सम्बन्ध विच्छेद हुने गर्दछ । अदालतको फैसलामा दुवै थरीको भनाइ न्यायाधीशले उल्लेख गरेर सम्बन्ध विच्छेद हुनु पर्ने कारण पनि उल्लेख भएको हुन्छ । Court Order Divorce Sample भनेको अदालतको फैसला हो ।
Nepali Mutual Consent Divorce Paper Sample मा निम्न कुरा हुन्छन् ।
१) सम्बन्ध विच्छेद गर्न चाहने लोग्ने स्वास्नीको नाम
२) गर्भवती रहेको वा नरहेको
३) अंश सम्पत्ति लिने वा नलिने
४) बच्चा भए कसले पालन पोषणा गर्ने
५) बच्चाको अंश को सँग रहने
६) बच्चाको भेटघाट को बारेमा
सम्बन्ध विच्छेद पत्र वैवाहिक सम्बन्धको अन्त्य भएको प्रमाण हो । यो अदालतको निर्णयको आधिकारिक पत्र हो । सम्बन्ध विच्छेद पत्रमा पति पत्नी को फोटो मात्रै टाँसेको नभएर सम्बन्ध विच्छेदको सबै प्रक्रियालार्इ उल्लेख गरिएको हुन्छ । सम्बन्ध विच्छेदपत्र द्वारा नै अविवाहितको सिफारिस बनाउने तथा पुनः विवाह गर्न पाउँने अधिकार सृजना हुन्छ ।
१० नया संम्बन्ध विच्छेदको ब्यबस्था
नेपालमा २०७५।५।१ गते देखि लागू हुनेगरी २०७४।६।३०गते मुलुकी देवानी संहिता प्रमाणीकरण भयो । मुलुकी ऐन २०२० मा भएको सम्बन्ध विच्छेदको व्यवस्थामा भन्दा नयाँ आएको मुलुकी देवानी संहिता २०७४ मा निम्न नयाँ कुराहरू समाबेस भएका छन् ।
१. सम्बन्ध विच्छेदको आधार
नयाँ देवानी संहितामा २०७४ ले सम्बन्ध विच्छेदको आधारमा पनि थप गरेको छ । मुलुकी ऐनमा पतिले अर्को विवाह गरेमा पत्नीले सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था गरेको थियो । नयाँ संहिताले बहुविवाह लार्इ अपराध र विवाहलार्इ कानूनी मान्यता नदिएको हुँदा उक्त आधारलार्इ हटाइएको छ । त्यस्तै पहिला पति वा पत्नीलार्इ घरबाट निकाला गरेमा सम्बन्ध विच्छेदको आधार हुने थिएनतर हाल नयाँ डिभोर्स सम्बन्धी कानूनमा यो व्यवस्था थपिएको छ । यस्तो व्यवस्थाबाट पतिले बनावटी नाटक गरेर प्रहरीमा पत्नीले घरबाट निकालिन् भनेर निवेदन दिर्इ सोही घटनालार्इ समेत सम्बन्ध विच्छेदको आधार बनाउन सक्छन् ।
२. पतिले अदालतमा निवेदन दिन पाउने
मुलुकी ऐन अनुसार सम्बन्ध विच्छेदको लागि पत्नीले मात्र निवेदन दर्ता गर्न पाउँदथे । यसले गर्दा पत्नीपीडितहरू पतिहरूसँग सम्बन्ध विच्छेद गर्नुपर्ने अवस्था हुदाँहुदै पनि सहँदै बस्नुपर्ने अवस्था थियो । नयाँ संहिता लागू भए देखि पत्नीपीडित पुरूषले सम्बन्धित जिल्ला अदालतमा सम्बन्ध विच्छेदको लागि निवेदन दिन पाइन्छ । यसबमोजिम अहिले धरै पुरूषहरूले जिल्ला अदालतमा निवेदन दिएका छन् ।
३. पत्नी दोषी भएमा सम्पत्ति दिन बाध्य नहुने
नयाँ संहिताले सम्बन्ध विच्छेद गर्दा पत्नीले सम्पत्ति अथवा अंश नपाउने केही शर्त उल्लेख गरेको छ । यसरी शर्त राखेर सम्पत्ति अंश नपाउने भनी उल्लेख गरेपछि नेपाली जनतामा पत्नीलाइ सम्बन्ध विच्छेद गर्दा अंश सम्पत्ति दिनु पर्दैन भन्ने भ्रम रहेको छ । वास्तवमा यदि पत्नीले पतिलार्इ शारीरिक वा मानसिक यातना दिएमा , पतिलाइ घरबाट निकाला गरेमा र अन्य परपुरूषसँग यौन सम्पर्क राखेको प्रमाणित भएमा अंश सम्पत्ति दिनु पर्दैन भनि उल्लेख गरेको छ । पत्नीले तीन बर्ष वा सो भन्दा बढी समय देखि भिन्न बसेको र पीडित भएको अवस्थामा मात्र अंश सम्पत्ति पाउँछिन् ।
४ .Cooling period को व्यवस्था
मुलुकी ऐनमा पुरूषले सम्बन्धित नगरपालीकामा सम्बन्ध बिच्छेदको लागि निवेदन दिए पछि नगरपालिकामा १ वर्ष सम्म राख्नु पर्ने भन्ने व्यवस्था थियो । देवानी संहिता २०७४ लागू हुनुभन्दा अघि पत्नीले सम्बन्ध विच्छेदको लागि निवेदन दिएको अवस्थामा १ वर्ष सम्म पति पत्नीको सम्बन्ध चिसो भएर मेलमिलाप हुन्छ कि भनेर प्रतिक्षा गर्नुपर्ने थिएन । नयाँ देवानी संहिता २०७४ जारी भएपछि पति पत्नी दुबैले निवेदन दिएकोमा यदि मिलापत्र नभएमा अनिर्वाय १ वर्ष सम्म मेलमिलापमा गर्नको लागि फैसला नगरी राख्नु पर्दछ र उक्त समयलाइ Cooling period भनिन्छ । सम्बन्ध विच्छेदमा Cooling period को अवधारणा देवानी संहिता २०७४ बाट अएको हो ।
५. मिलापत्रमा जानअनिवार्य व्यवस्था
मुलुकी ऐन लागू रहँदा सम्म सम्बन्ध विच्छेदको निवेदन दिएकोमा अनिवार्य मिलापत्रमा पठाउनु पर्दैन थियो । नयाँ नियम आएपछि न्यायाधीशले अनिर्वाय रूपमा अदालतमा रहेको मेलमिलाप कक्षमा पठाउनु पर्दछ ।
६. मानाचामलको अन्तरिम आदेश
नयाँ देवानी संहिताले सम्बन्ध विच्छेदको निवेदन दिएपछि सम्बन्ध विच्छेद नभइन्जेल सम्म आर्थिक रकम माग गर्न सकिन्छ । मासिक रकम चाहियो भनेर अन्तरिम आदेशको माग गरेमा अदालतले पतिको आम्दानी विचार गरी अन्तरिम आदेश जारी गरी मासिक रकम दाखिला गर्न लगाउँछ ।
७. छिटो म्याद तामेल गर्ने व्यवस्था
मुलुकी ऐन हुँदा सम्म म्याद तामेली अर्थात विपक्षी पति वा पत्नीलाइ सम्बन्ध विच्छेदको जानकारी लिन निकै लामो समय लाग्ने गर्दथ्यो । नयाँ मुलुकी देवानी संहिता लागू भए पछि निवेदक आफैले म्याद र सम्बन्ध विच्छेदको निवेदन दिएर विपक्षी पति वा पत्नीलाइ म्याद तामेल गर्न सक्छन ।
सम्बन्ध विच्छेद गर्दा कसरी खर्च कम गर्न सकिन्छ ?
सबै व्यक्तिको दाम्पत्य जीवन सोचेजस्तो हुन्छ भन्न सकिँदैन । कतिपय मानिसहरू आफ्नो बानीव्यहोरा र कुलतयुक्त संगतले वैवाहिक जीवनको सुरुवात देखि नै नारकीय र दुःखपूर्ण जीवन व्यतित गरिरहेका हुन्छन् । लागू औषधको दुर्व्यसनी , मानसिक बिरामी र अन्य यस्तै कारणले
श्रीमान श्रीमती बीचको सम्बन्ध बिग्रिएको हुनसक्छ । त्यस्तो बेलामा तपाईंको जीवनमा सम्बन्ध विच्छेद बाहेकको अन्य विकल्प नरहन पनि सक्छ । उदाहरणका लागि तपाईंलाई परिवारले विदेशी, पि.आर लिएको, विदेशको नागरिकता भएको आधारमा अथवा विदेशमा डिपेन्डेन्ट भिसामा जाने अवसरका लागि वैवाहिक जीवनमा बाँधि दियो। तर तपाइंको वैवाहिक जीवन सोचे जस्तो भएन । तपाई माथि मानसिक तथा शारीरिक हिंसा हुन थाल्यो । यस्तो घटनाले तपाईंलाई सम्बन्ध विच्छेदको निर्णय गर्न पर्न सक्छ तर सम्बन्ध विच्छेद गर्ने खर्च नहुन सक्छ । यस्तो अवस्थामा सरल तरिकाले सस्तोमा सम्बन्ध विच्छेद गर्न कसरी सकिन्छ भनेर विचार गर्नुपर्ने हुन्छ । यस सम्बन्धमा देहायका उपायहरू अपनाउन सकिन्छ ।
१) वकिल राख्दा बिचार गर्ने
हामीले जीवनमा ठुलो भ्रम पालिराखेका हुन्छौं। हामीले नाम चलेको र ठुलो ल फर्ममका वरिष्ठ अधिवत्ताको सहयोग लिएमा मात्र आफ्नो मुद्दा जितिन्छ भन्ने भ्रममा बसिरहेका हुन्छौ । तपाईले सम्बन्ध विच्छेदमा ठुलो ल फर्म वा वरिष्ठ अधिवत्ता राख्न खोज्दा तपाईको धेरै खर्च हुन्छ । त्यसैले तपाईलाई सरलरुपमा सम्बन्ध विच्छेद गर्नको लागि हामीलाई सम्झनु होस् । डिर्भोस नेपालमा तीसौ वर्ष सम्बन्ध विच्छेद सम्बन्धि मुद्दा हेर्नु भएका धेरै महिला र पुरुष कानून व्यवसायीहरु हुनुहुन्छ । हामी तपाईको समस्यालाई सामुहिक रुपमा छलफल गरी सरल तरिकाले सम्पन्न गर्दछौं ।
२) आफ्नो समस्या भन्ने
तपाई सम्बन्धको कारणले पीडामा रहनुभएको छ । तपाईसँग सम्बन्धविच्छेदको लागि आवश्यक रकम छैन भने आफ्नो सम्पूर्ण दुःख आफ्नो कानून व्यवसायीसँग भन्नुहोस् । कानून व्यवसायीलाई सम्पूर्ण व्यहोरा भन्नुहोला । तपाईको दुःख हेरेर कानून व्यवसायीले खर्च कटौती
गर्ने तरिका भन्नु हुन्छ ।
३) तारिखमा आफै बस्ने
अदालतमा मुद्दा दर्ता गरेपछि अदालतले विपक्षीलाई मुद्दाको जानकारी गराउने काम गर्दछ । विपक्षीले अदालतले दिएको समयमा जवाफ दिनु पर्दछ । यसरी दुवैजना अदालतमा आएपछि दुबैजनालाई एकैदिनको समय दिई बोलाउने गरिन्छ । उक्त दिनलाई अदालती भाषामा तारिख भनिन्छ । तपाईले अफ्नो सट्टामा अर्को व्यक्तिलाई तारिखमा पठाउनु भयो भने तपार्इको खर्च बढ्न जान्छ । तपाई तारिखको दिन आफै जाँदा मुद्दामा खर्च कम गर्न सकिन्छ ।
४) प्रत्येक पेशी हेयरिङ्गमा वकिल नलैजाने
मुद्मा यदि दुईजनाको सहमतिमा सम्बन्ध विच्छेद गर्ने हो भने दुई दिनमा सम्बन्ध विच्छेद हुन्छ । यदि एक पक्ष सम्बन्ध विच्छेद गर्न तयार नभएको खण्डमा मुद्दा लम्बिन्छ । मुद्दामा प्रत्येक पेशीमा वकिलले बहस गर्नु पर्दैन । उदाहरणको लागि मुद्दा दर्ता गरेपछि पहिलो पेशीमा प्रमाण बुझ्ने आदेश हुन्छ । सम्बन्ध विच्छेद मुद्दामा यदि श्रीमान श्रीमतीहरु बीच सम्बन्ध विच्छेद गर्न एक पक्ष तयार नभएको खण्डमा एक वर्ष सम्म फैसला गर्न मिल्दैन । त्यसैले अदालतले मिलापत्रमा पठाउने र साक्षी बकपत्र गराउने आदेश गर्दछन् । त्यसैले अदालतले अधिवक्ताले बहस नगर्दा समेत उक्त आदेश गर्ने गर्दछ । त्यसैले उक्त आदेश अथवा प्रमाण बुझ्ने क्रममा वकिल नराखी आफै न्यायाधीश समक्ष आफ्नो कुरा भन्दा तपाईले खर्च जोगाउन सक्नुहुन्छ ।
५) सम्पत्ति र अशंको दाबी गर्ने
अंश दावी गरेर सम्बन्ध विच्छेद गर्दा समय धरै लाग्छ भनेर तपाईंले सम्बन्ध विच्छेद निवेदन दर्ता गर्दा तपाईले अंश नलिने भनी आफ्नो अधिकार छोड्नु हुँदैन । नेपालको सिभिलकोडले सम्बन्ध विच्छेद गर्दा महिलाले अंश पाउने व्यवस्था गरेको छ । त्यसैले अंशको दावी गरी सम्बन्ध विच्छेदको निवेदन दिनुहोला । अन्यथा अहिलेको हतारले भविष्यमा पश्चात्ताप हुनसक्छ।
६) पारिश्रमिकको बारेमा पहिले नै तय गर्ने
तपाई अप्ठारोमा परेका बेलामा अथवा तपाई दुःखको अवस्थामा तपाईको अवस्थाको फाइदा वकिलहरुले लिन सक्छन् । धेरै वकिलहरु बिधुवा महिला ,एकल महिला , र आर्थिकरुपले कमजोर महिलाहरुलाई प्रलोभनमा पारिरहेका हुन्छन् । तपाईंको मुद्दा मामिला हामी निःशुल्क हेरिदिन्छौं र तपाईंको अंशबाट आएको सम्पत्तिको आधा हिस्सा लिन्छौं भन्ने कानून व्यवसायीहरु पनि हुन्छन् । कानून व्यवसायीले यस्तो प्रस्ताव राख्नु कानून व्यवसायीको आचार संहिताको विरुद्ध हुन्छ । यस्तो प्रस्ताव गर्ने कानून व्यवसायीसँग कानूनी सल्लाह लिनुहुँदैन र तपार्इंले त्यस्ता कानून व्यवसायीहरुबाट कानुनी उपचार नलिनु होला ।
७) प्रलोभनमा नपर्ने
तपाईं समस्यामा पर्नु भएको बेलामा थप समस्या नहोस् र तपाईलाई सहजरुपमा कानूनी उपचार प्राप्त होस् भनेर यो वेभसाइट बनाईएको हो । तपाईंलाई सर्वप्रथम सहज रुपमा सस्तोमा कानूनी उपचार दिन्छु भन्ने गर्दछन् । सम्बन्ध विच्छेदको निवेदन दर्ता गरेपछि तपाईंसँग धेरै पैसा असूल गर्न सकिन्छ भनेर अदालतको कर्मचारीलाई पैसा दिनुर्छ , न्यायाधीशलाई पैसा दिनुपर्छ भनेर तपाईसँग धेरै पैसा माग्न सक्दछन् । यसरी कसैले यस्तो पैसामा मागेमा उक्त कानून व्यवसायीको उजुरी गर्नुपर्दछ ।
८) विचौलिया देखि सावधान रहने
तपाईं मुद्दा मामिलामा समस्यामा परेको बेलामा अदालत वरिपरि समाजमा विचौलियाहरु तपाईसँग कसरी पैसा असूल गर्न सकिन्छ भनेर लागिरहेका हुन्छन् । तपाईंको मुद्दा चाँडै मिलाई दिन्छु भनी पैसा असूल गर्न खोज्ने व्यक्तिहरु धेरै हुन्छन् । यस्तो व्यक्तिको पछि लागेर पैसा खर्च नर्गनुहोला ।
नेपालमा संम्बन्ध विच्छेदको कारणा
जीवनमा कसैले पनि सम्बन्ध विच्छेद गर्दछु भनेर सोचाइ राख्दैन । व्यक्तिको जीवनमा नचाहेर पनि सम्बन्धमा उतारचढाव हुने गर्दछ । व्यक्तिले के कति कारणले सम्बन्ध विच्छेद गर्दछन् भनी डिभोर्स नेपालले काठमाण्डौं जिल्ला अदालतमा चलेका सन २०१८ र २०१९ को १०० वटा केस अध्ययन गरेका थियो । हामीले १०० मुद्दाका व्यक्ति हरूलार्इ के कारणले सम्बन्ध विच्छेद गर्न लाग्नु भयो भनेर प्रश्न सोधेका पनि थियौं । निजहरूले निम्न कारण हरू भन्नु भएको थियो ।
- एक्लोपन
हामीले सर्भे गर्दा कुल ६४ प्रतिशत अथार्त सबै डाटाको ६४ प्रतिशतको पति विदेश वैदिशक रोजगारमा गएका थिए । हामीले प्रश्न सोध्दा अथार्त तपाइले के कारणले सम्बन्ध विच्छेदको निवेदन दिनुभएको भनेर प्रश्न गर्दा अधिकांशले एक्लोपन भनेका थिए । दाम्पत्य जीवनमा एक आपसमा समय नदिनु सम्बन्ध विच्छेदको प्रमुख कारण हो ।
- प्रतिबद्धता पुरा नर्गनू
हामीले सम्बन्ध विच्छेदको के कारणले भएको भनेर प्रश्न गर्दा पतिपत्नीले आफ्नो दायित्व पुरा नगरेको भन्ने कारण दोस्रो प्रमूख कारण थियो । पति ले दायित्व पुरा नगरेर रक्सी सेवन गर्ने जस्ता कारणहरू भनेका थिए । विवाह गर्दा कसैले पनि पति पत्नीले एक आपसमा गरेको प्रतिबद्धता बिर्सने र सहयोग नहुने भनेर कल्पना पनि गरेका हुँदैनन् । बिस्तारै समयले कोल्टे फेरे पछि एकअर्कामा सहयोग सर्मपणको भावना हराउदै जान्छ ।
- नजीकता
हामीले सर्भे गर्दा ६४ प्रतिशतको पति विदेश वैदेशिक रोजगारमा गएका थिए । विदेशमा गएका प्राय सबैको दाम्पत्य जीवनमा नजीकता थिएन । विदेशमा भएका व्यक्तिको पति वा पत्नी यहा अन्य व्यक्ति सँग सम्बन्ध समेत रहेको देखियो । यसबाट पति पत्नीमा आत्मीयता कम भएको र एकआपसमा शंका बढाएको थियो ।
- मनमुटाव बढेको
हामीले सर्भे गर्दा धेरैले सामान्य कुरामा विवाद आइरहन्छ भनेका थिए । दाम्पत्य जीवनमा सामान्य कुरा बढ्दै गएर ठूलो मन मुटाव हुने गर्दछ । सानो बिषयमा बेलैमा सचेत भएर समस्या समाधान नर्गदा प्राय सम्बन्ध विच्छेद बढ्दै गएको छ । सर्भेमा प्रश्न गर्दा प्राय सम्बन्ध विच्छेद गर्न चाहने महिलाहरूले सामान्य झगडा बढेपछि सम्बन्ध विच्छेद भएको भनेका थिए ।
- धोखाधडी
हामीले सर्भे गर्दा अधिकांशको पति अथवा पत्नी विदेशमा वैदिशक रोजगारमा गएको व्यहोरा उल्लेख गरेका थिए । धेरैलाइ प्रश्न गर्दा एक अपसमा धोखा दिएको भनी जवाफ दिएका थिए । विदेशबाट पतिले पैसा पठाएको तर नेपालमा पत्नीले परपुरूषसँग शारीरिक सम्बन्ध राखेर पतिले पठाएको पैसा सकेको पनि केस थिए । यसरी अधिकांश मुद्दामा धोखाधडी प्रमुख कारण रहेको छ ।
- सानै उमेरमा विवाह भएको
डिर्भोस नेपालले सर्भे गर्दा कुल १०० जना व्यक्ति मध्ये २२ जना कम उमेरका थिए । किन चाडै विवाह गरेको भन्दा धरै कारण बताएका थिए । अहिले सामाजिक सञ्जालको र अनेक कारणबाट सानो उमेरमा मायाजालमा पर्ने र विवाह गर्ने चलन बढेको छ । यसरी करियर बनाउने समयमा विवाह गर्दा धेरै मनमुटाव बढेको र अन्तमा सम्बन्ध विच्छेद समेत भएको छ ।
- आर्थिक अवस्था वा गरिबी
डिर्भोस नेपालले गरेको सर्भेमा अन्तरवार्ता दिने प्राय जसो व्यक्तिले आर्थिक अवस्थाको कारण समेत जनाएका थिए । Money or economical reason पनि सम्बन्ध विच्छेदको प्रमुख कारण थियो । प्राय पति रक्सीको कुलतले पैसा सक्ने र जागिर समेत नगर्ने गरेको पाइएको थियो ।
- अव्यावहारिक
हामीले सर्भे गरेको मध्ये ३३ जना २५ बर्ष भन्दा कम उमेरका थिए । यो उमेरका दम्पत्तिहरूमा अव्यावहारिक चाहना रहेको देखियो । हामीले डिभोर्सको चाहना राख्ने जोडीहरूलार्इ प्रश्न गर्दा फिल्मको जस्तो सधैं रेस्टुरेन्ट र फिल्म हेर्न जाने र धेरै उपहारको माग गर्ने र सोचेको जस्तो भएन भनेर सम्बन्ध विच्छेद गर्न खोजेको भन्ने गरेका थिए ।
- दुर्व्यबहार
हामीले Sample लिएकोमा ११ जना जतिले Physical Abuse र Sexual Abuse भएको भनेर सम्बन्ध विच्छेदको कारणमा जनाएका थिए । अहिले पत्नी माथि घरेलु हिंसा बढ्दै गएको छ । पति वा पत्निले अनेक किसिम बाट हिंसा गर्दै गएको सर्भेमा उल्लेख भएको थियो । हामीले गरेको सर्वेक्षणमा २ जनाले पतिले अप्राकृतिक मैथुन गर्न खोजेको समेत जनाएका थिए ।
- बालबच्चा
हामीले किन सम्बन्ध विच्छेद गरेको भनि प्रश्न गर्दा कतिपय ले बालबच्चाको बिषयमा पनि झगडा परेको बताएका थिए । पति पत्नीले एक आपसमा बच्चालार्इ हेरचाह नगरेको माया नगरेको भनेर झगडा पर्ने गरेको बताएका थिए ।
सारांशः
माथि उल्लेख गरिएका बुँदाहरू नेपालमा सम्बन्ध विच्छेद हुने केही कारणहरू हुन् । त्यसैले सम्बन्ध सुधारका लागि सञ्चार र समझदारी आवश्यक पर्दछ । सम्बन्ध सुधारका लागि मेलमिलापको अवसर दिनुपर्दछ । डिभोर्स नेपालले पतिपत्नी बीचको सम्बन्ध सुधारका लागि उपयुक्त सेवा प्रदान गर्दछ ।