Menu
X
image

डिर्भोसको नमुना अथवा स्याम्पल पेपर

This post is also available in: English

डिर्भोसको नमुना अथवा  स्याम्पल पेपर

नेपालमा डिर्भोस पेपर को स्याम्पल अन्य डकुमेन्ट जस्तो दुबैजनाको नाम लेखेर, सही छाप गरेर र फोटो टाँसेर अदालतको कागजमा प्रिन्ट गरी दिने प्रमाण पत्र होइन । सम्बन्ध विच्छेदमा सम्बन्ध विच्छेद गर्नुपर्ने कारण खुलाएर एक पक्षले अदालतमा निवेदन दिएर मात्र डिभोर्सको फाइलिङ गरिन्छ । डिर्भोसमा पति वा पत्नीले अदालतमा निवेदन दिए पछि अर्को पक्षले लिखित जवाफ पेश गर्नुपर्ने हुन्छ । यसपछिअदालतमा  दुइ तरिकाले सम्बन्ध विच्छेद  हुने गर्दछ । एक Mutual Consent र अर्को अदालतको  फैसला court order  बाट सम्बन्ध विच्छेद हुने गर्दछ ।

  • Mutual Consent Divorce Sample –

Mutual Consent Divorce sample paper दुबै पक्षको वकिलले तयार गर्ने हो । यसमा पेपरको हेडिङ्गमा माथि चार इन्च छोडनु पर्दछ । उक्त छोडेको भागमा अदालतका न्यायाधीशले प्रमाणीकरण गर्दछन् । Mutual Consent Divorce sample मा पहिला सम्बन्ध विच्छेद निवेदन दिने व्यक्तिको व्यहोरा लेखिन्छ । त्यसपछि प्रत्तिउत्तर जिकिर लेखिन्छ  र के कुरामा मिलेको हो त्यसको अंश पनि लेखिन्छ ।

  • Court Order Divorce Sample –

सम्बन्ध विच्छेदमा दुबै जनाको सहमति नभएमा  अदालतको फैसलाबाट सम्बन्ध विच्छेद हुने गर्दछ । अदालतको  फैसलामा दुवै थरीको भनाइ न्यायाधीशले उल्लेख गरेर सम्बन्ध विच्छेद हुनु पर्ने कारण पनि उल्लेख भएको हुन्छ । Court Order Divorce Sample भनेको अदालतको फैसला हो ।

Nepali Mutual Consent Divorce Paper Sample मा  निम्न कुरा  हुन्छन् ।

१)  सम्बन्ध विच्छेद गर्न चाहने लोग्ने स्वास्नीको नाम

२)  गर्भवती रहेको वा नरहेको

३)  अंश सम्पत्ति लिने वा नलिने

४)  बच्चा भए कसले पालन पोषणा गर्ने

५)  बच्चाको अंश को सँग रहने

६)  बच्चाको भेटघाट को बारेमा

सम्बन्ध विच्छेद पत्र  वैवाहिक सम्बन्धको अन्त्य भएको प्रमाण हो । यो अदालतको निर्णयको आधिकारिक  पत्र हो । सम्बन्ध विच्छेद पत्रमा  पति पत्नी को फोटो मात्रै टाँसेको नभएर सम्बन्ध विच्छेदको सबै प्रक्रियालार्इ उल्लेख गरिएको हुन्छ । सम्बन्ध विच्छेदपत्र  द्वारा नै अविवाहितको सिफारिस बनाउने तथा  पुनः विवाह गर्न पाउँने अधिकार सृजना हुन्छ ।

© Copyright 2021 Divorce Nepal. All rights reserved. Developed By: HexxaSoft P. Ltd.