Menu
X
image

बालबालिकाको संयुक्त पालन पोषण

This post is also available in: English

मुलुकी देवानी संहिता २०७४ दफा ११५ अनुसार सम्बन्ध विच्छेद पश्चात छोरा छोरीको कसको जिम्मामा रहने भन्ने उल्लेख गरेको छ । नेपालको कानूनमा एकल जिम्मा को मात्र उल्लेख गरिएको छ । संयुक्त पालनको व्यवस्था कानूनले गरेको छैन । नेपालको कानूनले स्पस्ट रूपमा उल्लेख नगरेपनि सहमति र मिलापत्रको माध्यमबाट संयुक्त पालनको व्यवस्था गर्न सकिन्छ । अहिले संसारभरी संयुक्त पालनपोषणाको जिम्माको अवधारणा विकास भएको र धेरै कलाइन्टहरूले ज्वाइन्ट कस्टडीको बारेमा प्रश्न गर्ने हुँदा सहमतिमा बालबच्चा राखी पालन पोषण भइरहेकाले सबैलाइ जानकारीको लागि यो लेख तयार गरिएको हो । एकल जिम्मामा पाँउदा एउटा अभिभावकले जितेको र अर्कोले हारेको महशुस गर्दछ । एक जनाले मात्र बच्चाको पालनपोषणको जिम्मा पाउनु अर्कोले नपाउनु ले पक्कै पनि बाल मनोविज्ञानमा ठूलो असर गर्दछ । बालबालिकाको हितको लागि बालबालिकाको संयुक्त पालन पोषण हुनु नै उपयुक्त माध्यम हो । त्यसैले अदालतबाट संयुक्त पालनपोषणमा बालबालिकाको सर्वोत्तम हक हित अनुसार पालन पोषणाको तरिका निर्धारण गर्ने गरिन्छ ।
संयुक्त पालनपोषणका प्रचलित तरिकाहरू
नेपालमा बालबच्चाको संयुक्त पालनपोषणको जिम्मामा विभिन्न तरिकाहरू चलिआएका छन् ।


१ . समय निधर्रण गर्ने


संयुक्त पालनपोषणको जिम्मामा सम्बन्ध विच्छेद गर्दा आपसी सहमतिमा मिलापत्रको माध्यमबाट बालबालिकाको पालनपोषण गर्ने भनी सहमति गर्ने गरिन्छ । प्राय मिलापत्रमा बालक ५ बर्ष नपुग्दा सम्म आमाले पालनपोषण गर्ने र ५ वर्ष अथवा १० वर्ष पुगेपछि बाबुले पालनपोषण गर्ने भनी बालबच्चाको व्यवस्थापन गर्ने गरिन्छ ।


२. भइरहको सुबिधामा असर नगर्ने


सम्बन्ध विच्छेद गर्दा बालबालिकाको मनोविज्ञानमा असर नहोस् भनेर बिशेष ध्यान दिनु पर्दछ । बालबालिका जहाँ बसेको छ, जहाँ रमाएको छ त्यहीँ राख्दा बालकको हितमा हुन्छ । त्यसैले बालबालिकाले उपभोग गरिरहेको बासस्थान भन्दा भिन्न ठाउमा लैजानु हुँदैन । पति वा पत्नी जसले पालन पोषणलाइ निरन्तरता दिएको छ त्यसले नै पालनपोषण गर्दा राम्रो हुन्छ ।


३. बालबालिकाको सर्वोत्तम हितलार्इ हेर्नुपर्ने


पालनपोषण गर्दा बालबालिकाको सर्वोत्तम हितलाइ ध्यान दिनु पर्दछ । बच्चाको हितलार्इ ध्यान दिंदा केवल धनसम्पत्ति,शारीरिक सुविधा मात्र हेरेर हुदैन । बच्चाको मानसिक र नैतिक अवस्थालार्इ पनि ध्यान दिनु पर्दछ । बालबच्चा संयुक्त परिवारमा रमाएको हुन्छ । संयुक्त परिवार भन्नाले हजुरबुवा हजुरआमा सहितको परिवार हो । पति पत्नीको विवाद हुदा पनि बच्चाको लागि संयुक्त परिवार नै उपयुक्त हुन्छ । बालबालिकाले संयुक्त परिवारमा पाएको जस्तो माया, स्याहार अन्यत्र पाउँदैनन् । यसैले बालबालिकाको पालनपोषणको जिम्मा दिँदा पनि बालबालिकाको सर्वाङ्गीण विकास हुनेगरी उनिहरूको सर्वोत्तम हितलार्इ ध्यान मा राखी दिनुपर्दछ।


४. आलोपालो गरी पाल्ने


बालबालिकाको शारीरिक र मानसिक विकासको लागि आमाबुवा दुवैको माया र साथ उत्तिकै आवश्यकता हुन्छ । दुबै पक्षले आलोपालो पालनपोषण गर्दा अथवा हप्तामा ४ दिन आमाले पाल्ने तीन दिन बाबुले पाल्ने वा बाबु आमाले बराबर पालनपोषणमा खर्च गर्दा बालबालिकाको दुबै सँग माया ममता रहिरहन्छ ।


५ .बालबालिकालाइ मुद्दाको हतियार नबनाउने


सम्बन्ध विच्छेद मुद्दामा पतिले पत्नीलार्इ दिनुपर्ने मानाचामल र एलिमोनी रकम बाट सम्पत्ति जोगाउन अथवा आरोपबाट पन्छिन प्रायः पतिले बालबालिकाको पालनपोषणको दावी गर्दछन् । यस्तो खेल खेल्दा तपाइको बालबच्चामा नकारात्मक प्रभाव पर्न सक्दछ । त्यसैले कहिले पनि बालबालिकालाइ हतियार नबनाउनु होला ।

© Copyright 2021 Divorce Nepal. All rights reserved. Developed By: HexxaSoft P. Ltd.