गैह्र आवासीय नेपाली (NRN) अथवा नेपाली मूलका विदेशी नागरिकको विच्छेद
This post is also available in: English
Table of contents
गैह्र आवासीय नेपाली (NRN) अथवा नेपाली मूलका विदेशी नागरिकको विच्छेद
डिभोर्स नेपाल टिमले गैह्र आवासीय नेपालीको सम्बन्ध विच्छेदमा सहयोग गर्छ र नेपाल भित्र र बाहिर तिनीहरूको कानूनी मुद्दाको समाधान गर्न सघाउँछ । यस टिमका विज्ञद्वारा क्लार्इन्टलार्इ छिटो र प्रभावकारी तरिकाले कानूनी समस्या समाधान गर्न मार्ग निर्देशन गर्दछन। “गैह्र आवासीय नेपाली” भन्नाले नेपाली मूलका विदेशी नागरिक र विदेशमा बसोबास गरिरहेका नेपाली भन्ने बुझिन्छ । “नेपाली मूलका विदेशी नागरीक” भन्नाले त्यस्ता व्यक्तिका आफन्तहरू कुनै समयमा नेपालको नागरिक रहेको र हाल सार्क मुलुक बाहेकका देशको नागरिकता लिएको व्यक्ति बुझिन्छ ।गैह्र आवासीय नेपालीले आफु बसेको र उनीहरूको स्थायी बासस्थान भएको देश बाहेक अन्य देशमा पनि सम्बन्ध विच्छेदको निवेदन दर्ता गर्न सक्छन । यस्तो किनभने पति वा पत्नी मध्ये एकजना विदेशमा बस्ने अर्को नेपालमा बस्ने र नेपालमा बस्नेसँग नेपाली नागरिकता रहेको हुनसक्छ । यस्तो अवस्थामा बासस्थान वा स्थायी ठेगानाको आधारमा निवेदन दिन पाइन्छ । तपार्इं नेपाली नागरिक वा गैह्र आवासीय नेपाली नागरिक कुन हो ? कुन देशमा सम्बन्ध विच्छेदको निवेदन गर्दा उत्तम हुन्छ सोचविचार गरेर निर्णय गर्नु पर्दछ ।
गैह्र आवासीय नेपालीको लागि सम्बन्ध विच्छेदको रणनीतिक योजना
गैह्र आवासीय नेपालीको लागि सम्बन्ध विच्छेदको रणनीतिक योजना निम्नानुसार रहेका छनः
१. परिवारको सम्पूर्ण आर्थिक आंकडाको मुल्यांकन गर्न
सम्बन्ध विच्छेद गराउने कानून व्यवसायीले यो विषयमा के गर्दा राम्रो हुन्छ भनेर पहिल्यै विचार गर्नु पर्दछ । नेपालमा मुलुकी देवानी संहिता २०७४ को दफा ७०६मा विदेशमा भएकको सम्बन्ध विच्छेदले मान्यता पाउने कुरा उल्लेख छ । तर स्वामित्वको अन्तरवस्तु सम्पत्ति रहेको मुलुकको कानून बमोजिम हुने कुरा मुलुकी देवानी संहिता २०७४ को दफा ७०७ मा उल्लेख गरिएको छ । यस हिसाबले विदेशी नागरिकको सम्बन्ध विच्छेदका कतिपय सवालमा नेपालको कानून पूर्ण छैन । साथै विदेशमा सम्बन्ध विच्छेद भएमा नेपालमा रहेको सम्पत्तिमा भाग लाग्छ वा लाग्दैन भन्ने कुरा पनि स्पष्ट छैन । तर सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त अनुसार नेपालमा वा विदेशमा जता सम्बन्ध विच्छेद गरेपनि नेपालको सम्पत्तिमा भाग लगाउनलार्इ कुनै समस्या हुँदैन । त्यसैले गैह्र आवासीय नेपालीसँगको सम्बन्ध विच्छेदमा जहाँ उसको धेरै सम्पत्ति छ त्यहीं बाट सम्बन्ध विच्छेदको निवेदन दिर्इन्छ ।
२. ग्राहकको रूचि र लक्ष्यहरूको पालना गर्ने
सम्बन्ध विच्छेद गराउने कानून व्यवसायी पक्षको र्इच्छा र आवश्यकताका विषयमा संवेदनशील र दुरदृष्टि राख्ने हुनुपर्दछ । सम्बन्ध विच्छेद गराउने कानून व्यवसायीले कहाँबाट पक्षको निवेदन दर्ता गर्दा उसलार्इ राम्रो हुन्छ ध्यानपूर्वक निर्णय गर्नुपर्दछ । सम्बन्ध विच्छेद गराउने कानून व्यवसायी ले तत्काल बसिरहेको स्थानको क्षेत्राधिकार , उनीहररूको वैवाहिक सम्बन्ध र सम्पत्ति रहेको स्थानको क्षेत्राधिकार का विषयमा प्रारम्भिक रणनीति तयार गर्नुपर्दछ । ग्राहकको र्इच्छा र उस्को उत्तम हितलार्इ ध्यान मा राखी निवेदन दर्ता गर्नु पर्दछ ।
३. मुलुकको क्षेत्राधिकारमा ध्यान दिने
यदि तपार्इं बाहिरी देशमा बस्नु भएको छ भने राम्रो सँग नेपालको र उक्त देशको क्षेत्राधिकारको विश्लेषण गर्नुपर्दछ । डिभोर्स लयरले सम्बन्ध विच्छेदका प्रत्येक विषयमा राम्रो सँग ध्यान दिनुपर्दछ जस्तै सम्पत्ति, मानाचामल, एलिमोनी र बालबालीकाको पालनपोषणको जिम्मा । डिभोर्स लयरलार्इ सम्बन्धित देशको सम्बन्ध विच्छेदसँग सम्बन्धित हरेक विषयहरूको प्रावधान र कार्यविधि को बारेमा राम्रो ज्ञान हुनुपर्दछ । किनभने विभिन्न देशमा सम्बन्ध विच्छेद सम्बन्धी आर्थिक, सम्पत्तिको बाँडफाँड र बालबच्चाको पालनपोषणको जिम्मा जस्ता विषयमा छुट्टाछुट्टै नियम हुन्छन् ।
४. सम्बन्ध विच्छेदको आधार
यदि गैह्र आवासीय नेपालीले सम्बन्ध विच्छेद गर्दैछ भने कुन आधारमा सम्बन्ध विच्छेद गर्ने हो खुलाउनु पर्दछ । यस सम्बन्धमा हरेक देशका छुट्टाछुट्टै आधार हुन्छन् । डिभोर्स गर्न चाहनेको हितमा डिभोर्स हुनुपर्दछ । डिभोर्स लयरले प्रयोग गर्ने मुद्दाका साधनहरू क्लाइन्टका लागि प्रमाण बन्दछन् । त्यसैले क्लाइन्टले के प्रमाण प्रस्तुत गर्छ भन्ने कुराहरूमा डिभोर्स लयरले ध्यान दिनुपर्दछ ।
५. मानाचामल वा एलिमोनी रकम
डिभोर्स लयरले गैह्र आवासीय नेपालीले कुन देशमा एलिमोनी दावी गर्नसक्छ भन्ने विषयमा सोचविचार गर्नुपर्दछ । यस सम्बन्धमा डिभोर्स लयरले संभावित एलिमोनीको पहिल्यै अनुमान गर्नुपर्दछ । यसको अभिलेख एलिमोनी प्राप्त हुने समयसम्म सुरक्षित राख्नुपर्दछ र लेखांकन समेत गर्नुपर्दछ । एलिमोनीको लेखांकन जीवनपर्यन्त र पर्याप्त आयस्रोत हुने गरी एकमुष्ट रूपमा गर्नुपर्छ ।
६. कार्यान्वयन मुद्दाहरू
सम्बन्ध विच्छेदका मुद्दाको उठान सुरू गर्दा छिटो छरितो रूपमा फैसला हुन्छ हुँदैन विचार गर्नुपर्दछ । नेपालमा आपसी सहमतिमा हुने सम्बन्ध विच्छेदक दुई दिनमै सकिन्छ भने आपसी सहमतिमा नभएको खण्डमा एक वर्ष सम्म लाग्न सक्छ । उपर्युक्त आधारमा सम्बन्ध विच्छेद मुद्दामा के कति समय खर्चिनुपर्दछ भन्ने कुरा पहिल्यै गणना गर्नुपर्दछ ।