Menu
X
image

सम्बन्ध विच्छेदमा मध्यस्थकर्ताको भूमिका

This post is also available in: English

सम्बन्ध विच्छेदमा  मध्यस्थकर्ताको भूमिका

सम्बन्ध विच्छेद मुद्दामा दुवैथरीले अदालतको प्रक्रियामा जाँदा दुवै पक्षलाइ बेफाइदा हुन्छ । अदालतमा लामो समय सम्म सम्बन्ध विच्छेद मुद्दा लम्ब्याउँदा खर्च बढ्ने र दु:ख पाउने हुँदा मध्यस्थकर्ता राख्दा सम्बन्ध विच्छेद चाँडै हुन्छ ।

मध्यस्थ नियुक्त कसरी  गर्ने

मुलुकी देवानी संहिता २०७४ को दफा ९७ बमोजिम सम्बन्ध विच्छेदको लागि निवेदन परेमा अदालतले दुबै पक्षलाइ  मेलमिलाप होस् भनेर मेलमिलाप केन्द्रमा पठाउनु पर्छ भनिएको छ । यसरी सम्बन्ध विच्छेद मुद्दामा यदि मिलापत्रको माध्यम अनुसार सम्बन्ध विच्छेद नभएमा अनिवार्य रूपमा मध्यस्थकर्ता नियुक्ती गर्नु पर्दछ । एक उचित मध्यस्थकर्ताले राम्रो सँग परामर्श दिन सक्दछ। जिल्ला अदालतमा मध्यस्थकर्ताको नाम उपलब्ध हुन्छ। उक्त मध्यस्थकर्ताबाट जाच गरी कुनै एक रोज्न सकिन्छ। डिभोर्स नेपाल डटकमले सम्बन्ध विच्छेदमा नि:शुल्क सल्लाह दिने उदेश्य राखेको छ । त्यसैले हामी सँग अनुभवी मध्यस्थकर्ता हुनुहुन्छ । उदाहरणका लागि डिभोर्स नेपाल डटकममा ३० वर्ष न्याय सेवामा काम गर्नुभएको महिला कानून व्यवसायी हुनुहुन्छ । 

मध्यस्थकर्तामार्फत गरिने विवाद समाधानका फाइदा:

१. विवादको विषय पहिचान हुने:

मध्यस्थताको प्रक्रियमा दुबै पक्षलाइ एक ठाउमा राखेर सल्लाह गर्ने वातावरणा सृजना गर्नुपर्दछ । नेपालमा प्राय पतिहरू रोजगारीको लागि विदेश गएका हुन्छन् ।  लामो समयसम्म पति सँग बसोबास नभएको कारणले असमझदारी  बढ्दै गएको हुनसक्छ । पति पत्नी बीच लामो समय सम्म कुराकानी नहुँदा विवाद सृजना भएको हुनसक्छ । यस्ता विषयहरूको उपयुक्त समझका साथ पहिचान गर्नुपर्दछ । विवादका पक्षहरूको मध्यस्थकर्ता समक्ष छलफल गर्दा विवादको विषय पहिचान हुने वातावरण बन्दछ ।

 २. सशक्तिकरण:

सम्बन्ध विच्छेद मुद्दा  अदालती प्रक्रिया मार्फत अगाडि जाँदा परिणाम न्यायाधीशको इच्छा अनुसार हुने गर्दछ । पक्षको हातमा सम्बन्ध विच्छेदको  परिणाम नहुँदा समस्याको वास्तविक समाधान हुँदैन । यसको विपरीत मध्यस्थकर्ता  मार्फत विवाद र सम्बन्ध विच्छेद गर्दा  पक्षको सशक्तीकरणा भै  उनीहरू आफ्नो समस्याको समाधान आफैमार्फत गर्नसक्ने वातावरण बन्न सक्छ । त्यसैले व्यक्तिको सम्पत्ति सम्बन्धी र बच्चाको पालन पोषण सम्बन्धी विवाद मध्यस्थकर्ता मार्फत पक्ष आफैले मिलाउँदा राम्रो हुन्छ ।

३. समय कम लाग्नेः  

मध्यस्थकर्ता मार्फत विवाद समाधान गर्दा कम समय लाग्दछ । तपाइले सम्बन्ध विच्छेद मुद्दा अदालतको मार्फत अगाडि जाँदा साक्षी बकपत्र , सम्पत्ति विभाजन र पुनरावेदनको लामो प्रक्रिया गर्दा लामो समय लाग्छ ।

४. आर्थिक भार कम पर्ने:

मध्यस्थकर्ता मार्फत सम्बन्ध विच्छेदको विवाद सावधान गर्दा  वकालतको खर्च कम लाग्दछ । यसको विपरीत अदालती प्रक्रिया लामो हुने भएकाले आर्थिक भार बढी पर्न जान्छ ।

५. गोपनीयता:

अदालती प्रक्रिया अनुसार खुला इजलास मार्फत बहस गरी सम्बन्ध विच्छेद गर्दा सबैले थाहा पाउँछन् किनभने अदालती फैसलाहरू सार्वजनिक अभिलेख हुन् । यसको विपरीत मध्यस्थकर्ता मार्फत सम्बन्ध विच्छेद गर्दा विवाद सम्बन्धित पक्षहरूसँग मात्र गोप्य रहन्छ, बाहिर जाँदैन । अर्को कुरा अदालतमा मुद्दा परेपछि फैसला प्रमाणको रूपमा रहन्छ तर मध्यस्थताका क्रममा भएको वार्तालापलार्इ प्रमाणको रूपमा लिन मल्दैन ।

६. परिवार व्यवस्थापन गर्ने सर्वोत्तम विधि:

मध्यस्थता मार्फत गरिने सहमति विश्वसनीय हुने, पक्षहरूको प्रतिबद्धता रहने विभिन्न अनुसन्धानले देखाएका छन् । अर्को कुरा मध्यस्थकर्ताको माध्यमबाट सम्बन्ध विच्छेद गर्दा पुनः विवाद हुदैन । साथै मध्यस्थता माफर्त सम्बन्ध विच्छेद गर्दा सदाको लागि विवाद समाप्त हुन्छ ।

७. खराब नतीजाबाट जोगाउँछ:  

अदालती प्रक्रियामा जाँदा व्यक्तिको  समय, शक्ति र सम्पत्तिको धेरै खर्च हुन्छ । यस्तोमा मुद्दा हार्दा परिणाम खराब हुनसक्छ । तर मध्यस्थताले खराब परिणाम बाट जोगाउँछ । मध्यस्थतामा द्वारा विवादको समाधान गर्दा दुबै पक्षले जितेका हुन्छन् । यसमा कुनै पक्षले हार्ने भन्ने हुँदैन ।

© Copyright 2021 Divorce Nepal. All rights reserved. Developed By: HexxaSoft P. Ltd.