Menu
X
Profile Description
  

This post is also available in: English

एल.एल.एम. पूरा गर्दै रहेका अधिवक्ता मुकुन्द राज दाहाल कानूनको शासन, संवैधानिकता, शान्ति, प्रजातन्त्र, मानव अधिकार, सामाजिक न्याय का विषयमा वकालत गर्नुहुन्छ । उहाँ सँग मानव अधिकार,पत्रकारिता लगायतका विषयमा अनुभव रहेको छ । उहाँ चितवन जिल्लाको मानव अधिकार शिक्षा,नियमित मानव अधिकारको अवस्थाको अनुगमन, अभिलेख, जानकारी प्रसारण र मानव अधिकारको पक्षमा वकालत गर्नका  लागी विशेषरुपमा सक्रिय हुनुहुन्छ । उहाँले नेपालमा द्वन्द्वको समयमा शान्ति क्षेत्रकारुपमा बालबालिकाहरुको मध्य क्षेत्रीय समितिको संयोजकको रुपमा काम गर्नु भएको थियो । उहाँ सँग मानव अधिकार पत्रकारको रुपमा कार्य गरेको  अनुभव समेत रहेको छ । उहाँ चितवनको स्थानीय  शान्ति समितिको संस्थापक सचिवालयको सदस्य हुनुहुन्छ । उहाँ सँग मानव अधिकार क्रियाकलाप, पत्रकारिता ,समाजबाट पछाडी पारिएका वर्ग, महिला, बालबालिका, दलित तथा विभिन्न प्रकारले पीडित वर्गहरुको लागि काम गरेको अनुभव छ। उहाँ सँग राजनीतिक दल, सुरक्षा अधिकृत तथा प्रशासक सँग सहकार्य गर्ने राम्रो क्षमता रहेको छ। उहाँ सँग  अध्यापन तथा अभिमुखीकरण गर्ने राम्रो क्षमता  पनि छ ।

कार्यानुभव 

    • समसामयिक विषयमा अनलाइन र पत्रपत्रिकाको स्तभकार सन २००३ देखि हालसम्म 
    • स्थानीय शान्ति समितिको सचिवालयको सदस्य, चितवन: सन २००५ देखी सन २०१३ सम्म  
    • नेपाल पत्रकार महासंघको राष्ट्रिय पार्षद 
    • व्यवस्थापक सम्पादक, नेपाल समाचारपत्र: सन २०१० देखि २०११
    • अनपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) समन्वयकर्ता चितवन: सन २०१० देखि २०१४
    • इन्सेक जिल्ला प्रतिनिधि चितवन: सन १९९५ देखि २०१०
  • अंग्रेजी शिक्षक, डेजी इंग्लिश बोर्डिङ  स्कुल, चितवन: सन १९८९ देखि १९९५

 

तालिम

  • शान्ती तथा पुर्नस्थापना मन्त्रालय द्वारा आयोजित वार्ता, मध्यस्थकर्ता र द्वन्द्व व्यवस्थापन तालिम ।
  • DFHRI र जेनेभाका  लागि मानव अधिकार, विश्वव्यापी तालिम (GHR) द्वारा सञ्चालित   मानव अधिकार, अन्तराष्ट्रीय मापदण्ड तथा संरक्षण संयन्त्र तालिम ।
  • राष्ट्रिय योजना आयोग द्वारा सञ्चालित मानव अधिकारका सम्बन्धी प्रशिक्षणको मास्टर प्रशिक्षण 

Further Personal Details

  • जन्म मिति : वि.स. २०२२।०७। ०५
  • माता/पिता           :  स्व. बासुदेव दाहाल/रेशम कुमारी दाहाल 
  • राष्ट्रियता                  : नेपाली
  • भाषा                        : नेपाली र अंग्रेजी
Qualifications
Specialities
image

© Copyright 2021 Divorce Nepal. All rights reserved. Developed By: HexxaSoft P. Ltd.