Menu
X

हाम्रो बारेमा

This post is also available in: English

डिभोर्स नेपाल नै किन ?

वैवाहिक सम्बन्ध स्थापित भई परिवार सृजना हुँदा सम्म मानिसले भावनात्मक सम्बन्ध, अमूल्य क्षण र मिठो सपनाहरु खर्चिसकेको हुन्छ । यस्तोमा सामान्य विवादमा आवेगमा आई सम्बन्ध विच्छेद गर्ने निर्णय गर्दा ठूलो आर्थिक र भावनात्मक क्षति हुन जान्छ । यस्तो क्षतिलाई कम गर्न

सम्बन्ध सबैले राम्रो होस भनेर कामना गरेका हुन्छौ  । तर विभिन्न कारणले सम्बन्ध हामीले सोचेको जस्तो हुँदैन । सम्बन्ध बिग्रिएको कारणाले मानसिक समस्या उत्पन्न हुने गर्दछ । मानसिक समस्याको कारणले जीवन नै अन्धकारमय हुन्छ । यस्तो अवस्थामा डिर्भोस नेपालले तपाइलाई सहयोग गर्ने गर्दछ । निम्न आधारमा डिर्भोस नेपालले तपाइको समस्या समाधान गर्दछ ।

.अनुभवी महिला कानून व्यवसायी

डिर्भोस नेपालको उद्देश्य  सम्बन्ध विच्छेद हुन बाट जोगाउने  साथै पारिवारिक समस्यालाइ सहज रूपमा सम्बोधन  गर्ने हो । सम्बन्ध विच्छेदमा महिलाको  पीडा र भावना महिलाले नै राम्रोसँग बुझ्ने गर्दछन् । डिर्भोस नेपालसँग धेरै अनुभवी महिला कानून व्यवसायीहरू हुनुहुन्छ । त्यसैले तपार्इहरूले आफ्नो समस्या हामीसँग सजिलै राख्न सक्नु हुन्छ ।

. पुरूषको अधिकारको लागि लड्ने

अहिले नेपाली समाजमा महिला भन्दा पनि पुरूषहरू बढी पीडित हुने गरेका छन । पुरूषले सम्बन्ध विच्छेदको माग गरेर सम्बन्ध विच्छेद प्राप्त गर्न निकै कठिन छ । हामीसँग  बिगत ३० बर्षदेखी डिर्भोस सम्बन्धी काम गर्नु भएका महिला तथा पुरूष दुबै कानून व्यवसायीहरू हुनुहुन्छ । हामीले धेरै पुरूषहरूको सम्बन्ध विच्छेद मुद्दा दायर गरेर उनीहरूलार्इ न्याय  प्राप्त गर्न सहयोग गरेका छौं ।

.   बच्चा पालन पोषण गर्ने बाबुको अधिकार सुनिश्चित गर्दछ

         जहिले पनि अदालतले आमालाई प्राथमिकता दिइ पालन पोषणको अधिकार आमालाई दिएको हुन्छ ।  बाबुलार्इ आफ्नो सन्तान उतिकै प्यारो हुन्छ जति आमालाई  हुन्छ । डिर्भोस नेपालले बाबुलाइ पनि अदालत मार्फत बच्चा पालन पोषण गर्न पाउने अधिकार सुनिश्चित गर्न सहयोग गर्दछ ।  

४.निःशुल्क सल्लाह दिने
वैवाहिक सम्बन्ध का विषयमा केही समस्या परेमा, पतिपत्नीको सम्बन्धमा कुनै तनाव भएमा आवश्यकता अनुसार डिर्भोस नेपालका कानून व्यवसायी मार्फत निःशुल्क परामर्श हुँदै आइरहेको छ ।


५.घरेलु हिंसाको तत्काल रोकथाम गर्दछ
नेपालमा घरेलु हिंसा प्रशस्त मात्रामा हुने गरेको पार्इन्छ। यदि कुनै महिला माथि घरेलु हिंसा भएमा हामी तपार्इलाइ तत्काल सहयोग गर्दछौं । हामीलार्इ घरेलु हिंसाको आशंका हुने बित्तिकै फोन गरेमा तुरून्त प्रहरीकोमा निवेदन दिएर तपार्इलाइ घरेलु हिंसा हुन बाट जोगाउँछौं ।


६. महिलाको सम्पत्ति सम्बन्धी हक सुरक्षित गर्दछौं
नेपालमा महिला माथि प्रायजसो पति , सासू ,ससुरा बाट हिंसा हुने गर्दछ । बुहारी माथि हिंसा गरे पछि सम्पत्तिबाट पनि वञ्चित गर्ने गर्दछन् । डिर्भोस नेपालले पीडित र घरेलु हिंसामा परेको महिलाहरूको सम्पत्तिको हक सुरक्षित गर्नको लागि पहल गर्दछ । यदि पतिले कुटपिट गरी घरबाट निकाला गरेमा हामी जिल्ला अदालतमा मुद्दा दिन लगाएर, सम्पत्ति रोक्का गर्न लगाएर पीडितलार्इ सम्पत्ति प्राप्त गर्न सहयोग गर्दछौं ।

© Copyright 2021 Divorce Nepal. All rights reserved. Developed By: HexxaSoft P. Ltd.