Menu
X
image

मानाचामल सम्बन्धी कानून

This post is also available in: English

मानाचामल (Maintenance) भन्ने कानूनी शब्द नेपाली समाजमा प्रचलित शब्द हो ।  पति वा पत्नीले एक अर्कालार्इ  आफ्नो इज्जत र क्षमता अनुसार  खाना लगाउन तथा स्वास्थ्योपचारको व्यवस्था गर्नु गराउनु पर्दछ (देवानी संहिता २०७४ दफा ८९) ।  यदि  खान लाउने व्यवस्था नगरेमा स्थानीय सरकार सञ्चालन  ऐन, २०७४ बमोजिम गाँउपालिका वा नगरपालिकामा मानाचामलको लागि निवेदन दिन सकिन्छ ।   

मानाचामल (Maintenance) र सम्बन्ध विच्छेद गर्दा लिने सम्पत्ति एलिमोनी( Alimony) मा फरक छ । मेन्टिनेन्स भन्नाले वैवाहिक सम्बन्ध कायम राखेर पति सँग खान लाउनको लागि रकमको माग गर्ने व्यवस्था हो । पत्नीले मेन्टिनेन्स माग गरेमा जीवन भरी भराउनु पर्दछ । एलीमोनी भनेको सम्बन्ध विच्छेद पश्चात स्वास्नीमानिसको जीविकाको लागि खर्च भराउने व्यवस्था हो। एलीमोनी  संसारको प्रायः सबै मुलुकमा  विद्यमान छ । साधारणतः यसलाई  Alimony (derived from Latin word alimoris that means Nourishment and sustenance)  भनिएपनि स्कटलेण्डमा Aliment बेलायतमा Maintenance अमेरिकामा Spousal Support  भनिन्छ । यी हब्दहरूले सम्बन्ध बिच्छेद गर्नु अघि वा पछि श्रीमानले श्रीमतीलाई आर्थिक रुपमा बन्दोबस्त गर्नुपर्ने दायित्व भन्ने बुझाँउदछन् । विदेशमा एलिमोनी र मेन्टीनेन्स भनेको एकै किसिममा व्याख्या गरेपनि नेपालमा मानाचामाल र एलोमनीका सम्बन्धमा फरक व्यवस्था छ ।

कस्तो अवस्थामा मानाचामलको दाबी गर्न मिल्दछ?

१. छुट्टिएर बसेको अवस्थामा

 लोग्नेले खान लाउन नदिएर, कुटपिट गरेर पत्नी र छोराछोरी  बेग्लै  बसेको छन् भने पतिले पत्नीलाई मानाचामल दिनु पर्दछ । नेपालको  कानूनको अनुसार एउटी विवाहित महिला आफ्नो पतिबाट सम्बन्ध विच्छेद नगरी  छुट्टै बस्न सक्छे र छुटै बसेको अवधि भरी  पतिले आफुले गर्नु पर्ने सबै दायित्व अर्थात मानाचामल भर्नु   पर्दछ । 

२. घरेलु हिंसा भएको  अवस्थामा

नेपालमा महिलाहरू अशिक्षित र बेरोजगार हुने भएकाले  पतिसँग धेरै कुरामा भर पर्नु परेको हुन्छ । पतिसँग निर्भर रहने भएकाले प्राय जसो घरेलु हिंसाको शिकार हुनुपर्ने समेत अवस्था हुन्छ । यसरी  घरेलु हिंसा भएको अवस्थामा सहेर मात्र नबसी अदालतमा वा प्रहरीमा उजुरी गर्न सकिन्छ । पतिले आफ्नो पत्नीललाई   शारीरिक  वा मानसिक यातना दिने गरिरहेको छ भने पत्नीले अदालत मा उजुर गरी  मानाचामल पति बाट माग गरी बेग्लै बस्न पाउँछिन् ।  अदालतले पत्नीलाई यातना दिएको अवस्थामा  पतिलाई सजायका साथसाथै  पत्नीलाई मानाचामल भरार्इ दिन्छ ।

३. सम्पति विभाजनको अवस्थामा

 सम्बन्ध बिच्छेदको  मुद्दा दिए पश्चात् लामो समय सम्म अदालत धाउनुपर्ने हुन्छ । मुद्दा मामिला र  सम्पत्ति विभाजन  को प्रकिया  लामो हुने गर्दछ । मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ९९(५) आनुसार सम्बन्ध विच्छेदको निवेदन दिए पश्चात अंश र सम्बन्ध विच्छेद नभइन्जेल सम्मका लागि मानाचामल खर्च माग गर्न मिल्दछ । अदालतले यस्तो अवस्थामा पतिको आम्दानी हेरेर मासिक खर्च भरार्इ दिन्छ । पत्नीले आफ्नो भागको अंश नपार्इन्जेल सम्म  मासिक रूपमा मानाचामल वापत  खर्च लिन पाउँछिन् ।

४. पतिले मानाचामल र खर्च दिनुनपर्ने अवस्था

 पतिसँग सम्पति नभएमा वा पतिको कमाई आफूलार्इ पनि पाल्न सक्ने नभएमा,पतिले पत्नीलाई मानाचामल दिनुपर्दैन । त्यस्तै यदि पति शारीरिक र मानसिक तरिकाले कमजोर  वा अयोग्य छ भने पतिले पत्नीलाई मानाचामल दिनु पर्दैन । साथै पत्नी को कमाइ पतिको भन्दा बढी छ भने पनि पतिले पत्नीलाई मानाचामल दिनुपर्दैन।

© Copyright 2021 Divorce Nepal. All rights reserved. Developed By: HexxaSoft P. Ltd.