डिभोर्स नेपाल नै किन ?
This post is also available in: English
वैवाहिक सम्बन्ध स्थापित भई परिवार सृजना हुँदा सम्म मानिसले भावनात्मक सम्बन्ध, अमूल्य क्षण र मिठो सपनाहरु खर्चिसकेको हुन्छ । यस्तोमा सामान्य विवादमा आवेगमा आई सम्बन्ध विच्छेद गर्ने निर्णय गर्दा ठूलो आर्थिक र भावनात्मक क्षति हुन जान्छ । यस्तो क्षतिलाई कम गर्ने उद्देश्यले र सम्बन्ध विच्छेदलाई सकेसम्म कम गर्न डिर्भोस नेपाल डट कम भन्ने र्पोर्टल चलाइएको हो ।
Table of contents
हामीहरुको प्रमुख उद्देश्य भनेको सम्बन्ध विच्छेदलाई रोक्नु हो । त्यस्तै अर्को पाटोको रुपमा नेपाल एक बहुसंख्यक अशिक्षित भएको र पितृसत्तात्मक देश हो । आज पनि नेपालीहरुले छोरीलाई राम्रो शिक्षादीक्षा दिई सक्षम बनाउनुको सट्टामा जतिसक्दो चाडैं विवाह बन्धनमा बाधिदिन खोज्ने प्रचलन छ । यस्तो परम्पराले गर्दा केटाकेटीले अपरिपक्व, राम्रोसँग चिनजान नभएको अवस्थामा नै वैवाहिक सम्बन्धमा बाँधिने र यसले समस्या सृजना भएको हुन्छ । त्यस्तै अहिले हाम्रो समाजमा केटा विदेशमा बस्ने, विदेशी नागरिकता लिएको भन्ने बित्तिकै आफ्नो छोरी दिई हाल्ने चलन बढ्दै गएको छ । विदेशी र विदेश भन्ने बित्तिकै विवाह गरेर विदेशमा गएर अनेक समस्या भोग्नु भएको विभिन्न महिलाहरुले रुँदै समस्या भन्नु भएबाट यस्तो समस्यालाई निःशुल्क परामर्श दिने उद्देश्यले यो डिर्भोस नेपाल भन्ने पोर्टल बनाइएको हो । डिभोर्स नेपाल शब्द आफैमा राम्रो शब्द होइन । हामीहरुको उद्देश्य डिभोर्स गराउने भन्दा पनि वैवाहिक सम्बन्धलाई जीवन्त राख्ने र वैवाहिक सम्बन्धबाट पीडित महिला र पुरुषहरुलाई निःशुल्क परामर्श दिने हो ।
सम्बन्ध सबैले राम्रो होस भनेर कामना गरेका हुन्छौ । तर विभिन्न कारणले सम्बन्ध हामीले सोचेको जस्तो हुँदैन । सम्बन्ध बिग्रिएको कारणाले मानसिक समस्या उत्पन्न हुने गर्दछ । मानसिक समस्याको कारणले जीवन नै अन्धकारमय हुन्छ । यस्तो अवस्थामा डिर्भोस नेपालले तपाइलाई सहयोग गर्ने गर्दछ । निम्न आधारमा डिर्भोस नेपालले तपाइको समस्या समाधान गर्दछ ।
१.अनुभवी महिला कानून व्यवसायी
डिर्भोस नेपालको उद्देश्य सम्बन्ध विच्छेद हुन बाट जोगाउने साथै पारिवारिक समस्यालाइ सहज रूपमा सम्बोधन गर्ने हो । सम्बन्ध विच्छेदमा महिलाको पीडा र भावना महिलाले नै राम्रोसँग बुझ्ने गर्दछन् । डिर्भोस नेपालसँग धेरै अनुभवी महिला कानून व्यवसायीहरू हुनुहुन्छ । त्यसैले तपार्इहरूले आफ्नो समस्या हामीसँग सजिलै राख्न सक्नु हुन्छ ।
२. पुरूषको अधिकारको लागि लड्ने
अहिले नेपाली समाजमा महिला भन्दा पनि पुरूषहरू बढी पीडित हुने गरेका छन । पुरूषले सम्बन्ध विच्छेदको माग गरेर सम्बन्ध विच्छेद प्राप्त गर्न निकै कठिन छ । हामीसँग बिगत ३० बर्षदेखी डिर्भोस सम्बन्धी काम गर्नु भएका महिला तथा पुरूष दुबै कानून व्यवसायीहरू हुनुहुन्छ । हामीले धेरै पुरूषहरूको सम्बन्ध विच्छेद मुद्दा दायर गरेर उनीहरूलार्इ न्याय प्राप्त गर्न सहयोग गरेका छौं ।
३. बच्चा पालन पोषण गर्ने बाबुको अधिकार सुनिश्चित गर्दछ
जहिले पनि अदालतले आमालाई प्राथमिकता दिइ पालन पोषणको अधिकार आमालाई दिएको हुन्छ । बाबुलार्इ आफ्नो सन्तान उतिकै प्यारो हुन्छ जति आमालाई हुन्छ । डिर्भोस नेपालले बाबुलाइ पनि अदालत मार्फत बच्चा पालन पोषण गर्न पाउने अधिकार सुनिश्चित गर्न सहयोग गर्दछ ।
४. निःशुल्क सल्लाह दिने
वैवाहिक सम्बन्ध का विषयमा केही समस्या परेमा, पतिपत्नीको सम्बन्धमा कुनै तनाव भएमा आवश्यकता अनुसार डिर्भोस नेपालका कानून व्यवसायी मार्फत निःशुल्क परामर्श हुँदै आइरहेको छ ।
५. घरेलु हिंसाको तत्काल रोकथाम गर्दछ
नेपालमा घरेलु हिंसा प्रशस्त मात्रामा हुने गरेको पार्इन्छ। यदि कुनै महिला माथि घरेलु हिंसा भएमा हामी तपार्इलाइ तत्काल सहयोग गर्दछौं । हामीलार्इ घरेलु हिंसाको आशंका हुने बित्तिकै फोन गरेमा तुरून्त प्रहरीकोमा निवेदन दिएर तपार्इलाइ घरेलु हिंसा हुन बाट जोगाउँछौं ।
६. महिलाको सम्पत्ति सम्बन्धी हक सुरक्षित गर्दछौं
नेपालमा महिला माथि प्रायजसो पति , सासू ,ससुरा बाट हिंसा हुने गर्दछ । बुहारी माथि हिंसा गरे पछि सम्पत्तिबाट पनि वञ्चित गर्ने गर्दछन् । डिर्भोस नेपालले पीडित र घरेलु हिंसामा परेको महिलाहरूको सम्पत्तिको हक सुरक्षित गर्नको लागि पहल गर्दछ । यदि पतिले कुटपिट गरी घरबाट निकाला गरेमा हामी जिल्ला अदालतमा मुद्दा दिन लगाएर, सम्पत्ति रोक्का गर्न लगाएर पीडितलार्इ सम्पत्ति प्राप्त गर्न सहयोग गर्दछौं ।