Menu
X
image

अन्तराष्ट्रिय सम्बन्ध विच्छेद

This post is also available in: English

विदेशमा रहेका नेपालीको सम्बन्ध विच्छेद / अन्तराष्ट्रिय सम्बन्ध विच्छेद

अन्तराष्ट्रिय सम्बन्ध विच्छेद  अहिले बढ्दै गएको छ। संसार सागुरो भएको छ ।विवाह एक देशमा र बसोबास अर्को देशमा  भएमा अथवा एक देशमा पति अर्को देशमा पत्नी बसोबास गरेको अवस्थामा कसरी कुन ठाउँमा कुन देशमा सम्बन्ध विच्छेद गर्ने भन्ने प्रश्न महत्वपूर्ण हुन्छ । अन्तराष्ट्रिय सम्बन्ध विच्छेदमा नेपाली मुलको बिदेशी नागिरक हुनुहुन्छ अथवा नेपाली हुनुहुन्छ भने कुन देशमा सम्बन्ध विच्छेद गर्दा राम्रो हुन्छ भनेर बिश्लेषण गर्नु पर्दछ ।  विदेशमा बसोबास गरेको नेपाली नागिरकले  नेपालमा अधिकृत वारेसनामाको माध्यमबाट सम्बन्ध विच्छेद गर्न सकिन्छ ।

किन नेपालमा डिर्भोस दर्ता गर्ने ?

यदि तपार्इ अमेरिका ,  बेलायतमा बिधार्थी रहेको वा  उक्त देशको नागरिकता वा पि.आर अथार्त पमार्नेन्ट रेसिडेन्स लिइसक्नु भएको छ भने यस्तो अवस्थामा तपार्इले विदेशमा बसेर  नेपालमा सम्बन्ध विच्छेद गर्न सक्नु हुन्छ । तपार्इले केबल त्यहा स्थित नेपालको राजदुताबासमा गएर पावर अफ एटोर्नी अथार्त अधिकृत वारिसनामा बनाउनु भएमा हुन्छ ।

किफायती –

अमेरिका अस्ट्रेलियामा सम्बन्ध विच्छेद गर्दा धेरै पैसा लाग्ने गर्दछ । तपार्इले बिदेशमा सम्बन्ध विच्छेदको निवेदन दिए पछि त्यस ठाउको लयरले मिनेटको हिसाबले धेरै पैसा लिने  गर्दछन् । तपाइले विदेशमा सम्बन्ध विच्छेद गर्ने सोच बनाउनु भएमा  धेरै पैसालाग्छ । त्यसैले तपाइले नेपालबाट सम्बन्ध विच्छेद गर्दा  धेरै सस्तोमा सम्बन्ध विच्छेद गर्न सकिन्छ । डिर्भोस नेपाल डटकमले तपार्इलाइ सस्तोमा सम्बन्ध विच्छेद गर्न सहयोग गर्दछ ।

कम समय लाग्ने

अमेरिकामा सम्बन्ध विच्छेद गर्न कम्तिमा उक्त राज्यमा ६ महिना बसोबास गरेको हुनुपर्दछ । अन्य देशमा पनि लामो समय सम्म बसोबास गरेको हुनु पर्दछ । नेपालमा सम्बन्ध विच्छेद गर्न सजिलो र कम समय लाग्दछ । तपाइले बिदेशमा रहेको राजदुताबास बाट  पावर अफ एटोर्नी अथार्त अधिकृत वारिसनामा पठाएमा तुरून्त सम्बन्ध विच्छेद हुने गर्दछ  । अमेरिकामा सम्बन्ध विच्छेद गर्न एक बर्ष लाग्छ । नेपालमा उक्त समय लाग्दैन ।

सुरक्षित हुने

तपाइले अमेरिकामा सम्बन्ध विच्छेद गर्दा तपार्इ सुरक्षित हुन सक्नु हुदैन । तपाइको पत्नीले तपार्इलार्इ नेपालको सम्पत्तिमा मुददा हाल्न सक्नु हुन्छ । तपाइको बिदेशमा पनि सम्पत्ति सकिने र नेपालमा पनि पैसा सम्पत्ति सकिने हुन्छ । यसबाट तपार्इलाइ ठूलो नोक्सान क्षती हुने गर्दछ । त्यसैले तपार्इले नेपालमा मुद्दा हाल्दा सुरक्षित हुन्छ ।

अप्ठारो र असजिलो

तपार्इलाइ बिदेशमा सम्बन्ध वच्छेद गर्न धेरे समस्या व्यहोर्नु पर्दछ । तपार्इले सम्बन्ध विच्छेद मुद्दा दर्ता गरेपछि उक्त मुदाको summon अथवा Notice तपार्इको पति पत्नी भएको ठाउँमा बुझाउनु पर्ने हुन्छ । यस्तोमा पति पत्नी नेपालमा हुन्छन् र नेपालमा summon अथवा Notice पठाउन निकै समस्या पर्दछ । यस्तो अवस्थमा नेपालमा सम्बन्ध विच्छेद मुद्दा दर्ता गर्न राम्रो हुन्छ । नेपालमा summon अथवा Notice पठाउन धेरै सजिलो हुन्छ ।

भाषाको समस्या

बिदेशमा सम्बन्ध विच्छेद गर्दा तपार्इलाइ भाषाको निकै ठूलो समस्या पर्न सक्छ । कानूनमा भाषाको ठूलो महत्व हुन्छ । सामान्य शब्द यता उता हुदाँ तपाइको धेरै अधिकार गुम्न सक्छ । त्यसैले नेपालमा नेपाली भाषामा सम्बन्ध विच्छेद गर्दा राम्रो सहज हुन्छ ।

कसरी Nepali resident in foreigen country ले सम्बन्ध विच्छेद गर्ने          

       नेपाली नागिरक यदि संसारको कुनै पनि देशमा जस्तै अमेरिका अस्ट्रेलिया ,लगाएत जहाँ बसेको भए पनि  अधिकृत वारेसनामा (Power of Attorney (POA)  माफर्त नेपालमा सम्बन्ध विच्छेद गर्न मिल्दछ ।

कसरी विदेशमा रहेका नेपालीको सम्बन्ध विच्छेद गर्ने

विदेशमा बसेका नेपालीहरूले अधिकृत वारिसनामा माफर्त सम्बन्ध विच्छेद गर्नू पर्दछ ।

अधिकृत वारेसनामा भनेके के हो ?

अधिकृत वारेसनामाभनेको एउटा legal document हो । यसमा मुददा हाल्न सम्बन्ध विच्छेद गर्न  कुनै तेस्रो व्यक्तिलाइ अधिकार दिएको हुन्छ कसैले आफ्नो तर्फबाट कुनै मुद्धा किटान गरी वा नगरी फिराद गर्न , प्रतिउत्तरपत्र दर्ता , फिराद दाबी फिर्ता गर्न , मिलापत्र गर्न वा अन्य कानूनी कारबाहीका लागि अख्तियारनामाको कागज लेखी कुनै व्यक्तिलाई अधिकृत वारिस नियुक्त गर्न सक्नेछ ।

अधिकृत वारेसनामा (Power of Attorney (POA) नेपालमा बसोबास गरेको भए नेपालको  जिल्ला अदालतमा अधिकृत वारेसनामा बनाउनु पर्दछ । यदी तपार्इ विदेशमा हुनु हुन्छ भने उक्त देशको राजदुताबास वा महावाणिज्यदुताबासमा गर्इ अधिकृत वारेसनामा बनाउनु पर्दछ । Power of Attorney (POA), drafted by a registered lawyer of  Nepal. त्यसमा अधिकृत वारिस दिने र वारिस लिनेको फोटो टासेर वारिस लिनेको सही ल्याप्चे र दुइ जना साक्षीको सही गरी पठाउनु पदर्छ ।

क . पति पत्नी दुबै जना विदेश बसेको अवस्था

       पति पत्नी दुबैजना विदेशमा भएको अवस्थामा दुबैजनाले नेपालमा रहेको व्यक्तिलार्इ अधिकृत वारेस नियुक्त गरी सम्बन्ध विच्छेद गर्न सकिन्छ ।  तपार्इले इमेलबाट हामीलार्इ फोटो र विवाह दर्ताको सर्टिफकेट र नागिरकताको स्कान कपि हामीलार्इ इमेल गर्नु भएमा हामी अधिकृत वारिसनामा बनार्इ तपार्इलार्इ पठाउछौ ।

ख. पति पत्नी मध्ये एक नेपालमा रहेको

  पति वा पत्नी मध्ये  एक नेपालमा रहेको अवस्थमा विदेशमा रहेको व्यक्तिले अधिकृत वारिसनामाबाट सम्बन्ध विच्छेद गर्न सकिन्छ । विदेशमा रहेको व्यक्तिले नेपालमा रहेको व्यक्तिलार्इ वारिस नियुक्त गर्नुपदर्छ । नेपालमा रहेको पति वा पत्नी अदालतमा उपस्थित हुनु पदर्छ ।

ग. नेपालमा सम्बन्ध विच्छेद

  बिदेशबाट नेपालमा अधिकृत वारेसनामा (Power of Attorney (POA) आए पछि सम्बन्धित जिल्ला अदालतमा सम्बन्ध विच्छेदको निवेदन दर्ता गर्नुपर्दछ । अधिकृत वारेसनामा आएको दुइ दिनमा सम्बन्ध विच्छेद हुन्छ । 

© Copyright 2021 Divorce Nepal. All rights reserved. Developed By: HexxaSoft P. Ltd.