Menu
X
image

एलिमोनी

This post is also available in: English

एलिमोनी कानून व्यवसायी 

“डिभोर्स नेपाल” पक्षको कमार्इ सम्पत्ति अनुसार एलिमोनीको रकम निधार्रण गर्न सहयोग गर्ने संस्था हो । यस संस्थामा तीसबर्ष भन्दा बढी समयदेखि एलीमोनिको बारेमा कामगर्दै आउनु भएका कानून व्यवसायीहरू कार्यरत हुनुहुन्छ । यस संस्था मार्फत हामी तपार्इंहरूलार्इ कसरी एलीमोनीको हिसाब गरिन्छ भन्ने कुरा बताउँछौं । हामीले पारिवरिक कानूनमा गहिरो अध्ययन पनि गरेका छौं । हाम्रा कानून व्यवसायीहरू सदैव पक्षलार्इ सफलता दिलाउनु आफ्नो महत्वपूर्ण कर्तव्य सम्झनुहुन्छ ।

एलिमोनी  भनेको के हो ?

               “एलिमोनी” भन्ने शब्द ल्याटिन भाषाको “एलिमोनिया” बाट आएको हो । यसको शाब्दिक अर्थ छोडपत्र भएपछि पतिले पत्नीलार्इ दिनुपर्ने रकम, मानाचामल, गोजीभरार्इ भन्ने हुन्छ । नेपालमा मुलुकी देवानी संहिता २०७४ को दफा १०० मा सम्बन्ध विच्छेद गर्दा रकम लिन सक्ने व्यवस्था गरेर एलिमोनीको अवधारणालार्इ आत्मसात गरेको पार्इन्छ ।    

एलिमोनी  कसरी  भाग लगाइन्छ  ?

नेपालमा पत्नीले सम्बन्ध विच्छेदको लागि निवेदन दिए पछि अदालतले पति , सासु ससुराको नाममा रहेको घर जग्गाबाट पतिको भागबाट पत्नीले अंश पाउछिन् । मुलुकी देवानी संहिता २०७४ को दफा १०० मा पत्नीले अंश नलिर्इ पतिसँग एकमुष्ठ रकम वा वार्षिक वा मासिक रकम वा खर्च भरार्इ लिन  पाउने व्यवस्था गरेको छ । नेपालमा देहायबमोजिमका तरिका मार्फत एलिमोनीको मागदावी गर्न सकिन्छ ।

१.एकमुष्ठ रकम दाबी गर्ने –  यदी पत्नीले अंशको माग नगरी एकमुष्ठ रकम माग गरेमा सम्बन्धित जिल्ला अदालतले एकमुष्ठ रकम एलिमोनी वापत दिनु पर्दछ । एकमुष्ठ रकमको हिसाब गर्दा पतिको सम्पत्ति र आयस्ताको आधारमा हिसाब गर्नुपर्दछ ।

. अन्तरिम एलिमोनी –  सम्बन्ध विच्छेद  गर्न धेरै समय लाग्न सक्छ । यदी पतिपत्नीको सम्बन्ध विच्छेद  गर्ने सहमती भएन भने एक वर्ष भन्दा बढी समय लाग्दछ । यसरी लामो समयसम्म मुद्दा मामिलामा समय लाग्ने हुँदा उक्त समयमा अथवा अन्तिम सम्बन्ध विच्छेद हुनु अघि मासिक रूपमा सम्पत्ति माग गर्न सकिन्छ । मुलुकी देवानी संहिता २०७४ को दफा ९९ को उपदफा ५ बमोजिम मासिक रूपमा रकम दावी गरी रकम लिन सकिन्छ । पत्नीले सम्बन्ध विच्छेद नभइन्जेल मासिक रूपमा एलिमोनी रकम माग गर्न सक्दछिन् ।

. मासिक एलिमोनी रकम  

          मुलुकी देवानी संहिता २०७४ को दफा १०० ले सम्बन्ध विच्छेद पश्चात पत्नीलाइ मासिक वा बार्षिक रूपमा  एलिमोनी दिन सकिने कानूनी प्रावधान राखेको छ ।  पत्नीले अर्को विवाह नगरिन्जेल सम्म लोग्नेले मासिक रूपमा वा वार्षिक रूपमा एलिमोनी रकम  दिनुपर्दछ । जिल्ला अदालतले मासिक वा वार्षिक रकम निर्धारण गर्दा पतिको जग्गा जमिन लगायत सर्म्पूण सम्पत्तिको हिसाब गरी निर्धारित एलिमोनी  रकम निकाल्ने गर्दछ ।

नेपालमा न्यायाधशले के आधारमा एलिमोनी मुल्यांकन गर्दछन?

नेपालमा पूर्वपत्नीको एलिमोनी रकम को निर्धारण लागि कुनैपनि विशेष सूत्र वा तरिका तोकिएको छैन। न्यायाधीशले चल अचल सम्पति आदिको आधारमा एलिमोनी रकम निर्धारण गर्ने गर्दछन् । यदी तपार्इं ले सम्बन्धविच्छेदको लागि सोचिसक्नुभएको छ र तपार्इंलार्इ कुनै अन्योल छ भने हामीलार्इ कल गर्न सक्नुहुन्छ। हामी तपार्इंको एलिमोनी रकम  निर्धारण निष्पक्ष र दुरूस्त बनाउन सहयोग गर्दछौं।

© Copyright 2021 Divorce Nepal. All rights reserved. Developed By: HexxaSoft P. Ltd.