Menu
X
image

नेपालमा सम्बन्ध विच्छेदमा पतिको अधिकार

This post is also available in: English

नेपालमा सम्बन्ध विच्छेदमा पतिको अधिकार

       पतिको कानूनी अधिकार  भन्नाले   कानूनमा पतिको अधिकार भनी  उल्लेख गरिएको अधिकार हो । जसको अधिकार हनन् भएमा उपचारको व्यवस्था गरिएको हुन्छ ।  सम्बन्ध विच्छेद कानूनमा पतिको निम्न अधिकार रहन्छः

१. सम्बन्ध विच्छेदको मुद्दा दिने अधिकार

पतिले  सिधै अदालतमा गर्इ सम्बन्धविच्छेदको लागि निवेदन दिन सक्छन् ।  मुलुकी देवानी संहिता २०७४  अनुसार पतिले सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था छ । जसअनुसार निम्न अवस्थामा  पतिले सम्बन्ध विच्छेद गर्न पाउँछन् ।

क.पत्नीले अंश लिइ छुट्टिई  बसेमा  बर्ष भन्दा बढी समय छाडी अलग रहेमा,

 ख. पत्नीले घरबाट निकालेमा

ग. शारीरिक वा मानसिक कष्ट Physical or Mental  Cruelty  दिएमा,

घ. पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेमा ।

२. मानाचामल Maintenance  को लागि पतिले मानाचामल र खर्च दिन नपर्ने

मुलुकी देवानी संहिता २०७४ को दफा ८९ अनुसार पति वा पत्नीले एक अकर्कालार्इ इज्जत र क्षमता अनुसार खान लगाउन तथा स्वास्थ उपचारको व्यवस्था गर्नु वा गराउनु पर्नेछ  । यदि पति शाररिक र मानसिक तरिकाले कमजेर र वा अयोग्य छ भने पतिले पत्नीलाई मानाचामल दिनु पर्दैन ।

३. सम्बन्ध विच्छेद पश्चात पनि छोरा छोरीले बाबुको थर राख्न पाउँछन्

पति पत्नीको सम्बन्ध बिच्छेद पश्चात पनि बाबुले छोरा छोरीको नाममा थर  राख्न पाउँछन् ।

४. बच्चाको पालन पोषण गर्ने अधिकार

       सम्बन्ध विच्छेद पश्चात    बाबुले  बच्चाको पालन पोषाण गर्ने अधिकार प्राप्त गर्दछन् । देवानी संहिता २०७४ को दफा ११५ बमोजिम पाँच बर्षसम्म आमाले चाहेमा बच्चाको पालन पोषण गर्न पाउँछिन् । यस्तै पाँच बर्ष पछि बाबुले पालन पोषाणा गर्न पाउछन् ।  दश बर्ष पछि भने बालकको इच्छा बमोजिम  बाबु अथवा आमा छान्ने अधिकार हुन्छ ।

५. छोरा छोरी माथिको अधिकार

मुलुकी देवानी संहिता २०७४ को दफा ११८ बमोजिम सम्बन्ध बिच्छेद पश्चात् पति पत्नीको सम्बन्ध हुदैन तर निजहरूको छोराछोरी सँग कानूनी अधिकार  हुन्छ । अथार्त बाबु आमा वृद्ध हुँदा छोरा छोरीले पालन पोष गर्नुपर्ने अधिकार पनि जोडिएको हुन्छ ।

६. पत्नीको दोष  भएमा सम्पत्ति अंश दिनु नपर्ने

मुलुकी देवानी संहिता २०७४ को दफा ९९  बमोजिम यदि पत्नीले पतिलार्इ खान लाउन नदिर्इ घरबाट निकाला गरेमा ,पतिलार्इ कुटपिट गरेमा र पत्नीले अन्य पुरूषसँग करणी गरेमा त्यस्तो पत्नीलाइ अशं सम्पत्ति नदिर्इ सम्बन्ध विच्छेद गर्न सकिन्छ ।

© Copyright 2021 Divorce Nepal. All rights reserved. Developed By: HexxaSoft P. Ltd.