सम्बन्ध विच्छेद मुद्दामा मध्यस्थता
This post is also available in: English
Table of contents
सम्बन्ध विच्छेद मुद्दामा मध्यस्थता कसरी गरिन्छ ?
सम्बन्ध विच्छेद मुद्दामा निम्न ५ चरणमा मध्यस्थता गर्ने गरिन्छ ।
१. परिचयात्मक भाग
सबै भन्दा पहिला राम्रो मध्यस्थकर्ता राख्नु पर्दछ । राम्रो मध्यस्थकर्ता राखेपछि पहिलो दिन दुबै पक्षलाइ राखी परिचयात्मक कार्यक्रम हुन्छ । मिडियटरले कति चरणमा कसरी मध्यस्थ गर्ने भनी खाका तयार गछर्न । त्यस्तै पक्षहरूको भुमिका पनि उल्लेख गर्दछन् । मध्यस्थकर्ताले उनीहरूको बारेमा सुने जानेको विषयमा पुनरावलोकन गर्दछन् ।
२. समस्याको प्रस्तुतीकरण
मध्यस्थकर्ताले पहिला परिचयात्मक कार्यक्रम भए पछि दोस्रो चरणमा दुबै पक्षलाइ समस्या राख्र लगाइन्छ । सम्बन्ध विच्छेद मुद्दामा पति पत्नीको समस्या भिन्दा भिन्दै हुन्छ । त्यसैले यो सेसन महत्वपूर्ण हुन्छ । यस सेसनमा नै मध्यस्थकर्ताले वास्तविक समस्या पत्ता लगाउँछ ।
३. सूचनाको संकलन
सम्बन्ध विच्छेद मुद्दामा धेरै भावनात्मक कुरा हरू जोडिएको हुन्छ । यसका लागि दुइ पक्ष बीच बच्चा कसले पालन पोषण गर्ने र कसले हाल सम्म पालिरहेको छ सोधपुछ गर्नु पर्दछ । दुबै पक्षलार्इ बच्चालार्इ पालन पोषण गर्न कति खर्च लाग्छ हिसाब गर्नु पर्दछ । त्यस्तै दुबै पक्ष सँग कति सम्पत्ति छ दुबै पक्ष सँग सोधपुछ गर्नुपर्दछ । यसबाट सम्बन्ध विच्छेद गर्दा बालबच्चा कसले पाल्ने र बच्चालाइ पालन पोषण गर्न लाग्ने खर्च थाहा पाइन्छ । सूचना संकलन गर्ने क्रममा मध्यस्तकर्ताले भावनात्मक पक्षहरूको बृहत जानकारीका लागि खुला उत्तरवाला प्रश्न पनि सोध्न सक्छन् ।
४. समस्याको पहिचान
सम्बन्ध विच्छेद मुद्दामा दुबै पक्षसँग समस्या सोधपुछ गर्ने र सम्पूर्ण जानकारी लिएपछि मूल समस्याको पहिचान गर्नुपर्दछ । जस्तै बच्चाको खाना र पढाइ कति पैसा लाग्छ ? उक्त व्यवस्था कसरी कसले गर्ने ? र सम्बन्ध विच्छेद गर्दा कति सम्पत्ति विभाजन गर्ने भन्ने थाहा पाइन्छ ।
५. मोलमोलार्इ र सामान्य विकल्प / सहमतिमा पुग्नु
समस्या पहिचान गरिसके पछि त्यसलार्इ सामुहिक प्रक्रियाका रूपमा एक आपसमा समुह वा उपसमुह बनार्इ सल्लाह गर्नुपर्दछ । मध्यस्थकर्ताले प्रस्ताव टेवलमा राखी कति सम्ममा दुबैजनाको कुरा मिल्दछ भन्ने सहमतिको बिन्दु तयार गर्नुपर्दछ । सहमतिको विन्दुमा सामान्यतया निम्न विषयहरू पर्दछन् ।
-सम्पतिको वितरण (सम्पति । दायित्व)
-बच्चाको जिम्मा र अभिभावकको समय
-बच्चाको संरक्षण / बाल सहायता खर्च
-अवकाश