
सम्बन्ध विच्छेद गराउने कानून व्यवसायीको दक्षता
This post is also available in:
English
सम्बन्ध विच्छेद गराउने कानून व्यवसायीको दक्षता
सम्बन्ध बिच्छेद मुद्दा संवेदनशील ( sensitive) विषयवस्तु हो। सम्बन्ध बवच्छेदमा बालबच्चाको संरक्षण(custody) र महिलाको सम्पत्ति जस्ता जटिल विषयवस्तु समावेस भएका हुन्छन्। त्यसैले Divorce lawyer ले निम्न कुराहरुमा विशेष ध्यान दिनुपर्दछ।
सम्बन्ध विच्छेदको कारण खोज्नुपर्ने
सम्बन्ध विच्छेद सम्बन्धी कानून व्यवसायीको समाजप्रति पनि उत्तरदायित्व हुने गर्दछ ।पति पत्नी बीच वैवाहिक सम्बन्ध सधैं भरी कायम राख्न खोज्नु नै सम्बन्ध विच्छेद सम्बन्धी कानून व्यवसायीहरुको परम धर्म हो । यसका लागि कानून व्यवसायीहरुले पीडितको भनाई राम्रो सँग सुन्नुपर्दछ । अहिले व्यक्तिहरूमा विभिन्न कारणले मानसिक समस्या बढ्दो क्रममा छ । मानसिक समस्याले पनि कतिपयले सम्बन्ध विच्छेदको लागि निवेदन दिने गर्दछन् । यस्तो अवस्थामा कानून व्यवसायीहरुले सम्बन्ध विच्छेद नगरी राम्रो मानसिक चिकित्सकको सल्लाह लिने सुझाव दिनुपर्दछ ।
आवश्यकता के हो? हेर्नु पर्ने
सम्बन्ध विच्छेद सम्बन्धी कानून व्यवसायीले सम्बन्ध विच्छेदको सल्लाह लिन आउँदा पीडित व्यक्तिको तत्काल आवश्यकता के हो? हेर्नुपर्दछ । सम्बन्ध विच्छेद कुन कारणले गर्न खोजेको भनी पत्ता लगाउनु पर्दछ । सम्बन्ध विच्छेद माग्नुको कारण पत्ता लागेपछि के आवश्यकता हो सोही अनुसार सल्लाह दिनु पर्दछ ।
सम्बन्ध विच्छेदको मुद्दा हेर्दा निम्न सीप चाहिन्छः–
१. सञ्चार सीप
सम्बन्ध विच्छेद गर्ने कानून व्यवसायीले धेरै कुराहरु पक्षसँग लिनुपर्ने हुन्छ । साथै सम्बन्ध विच्छेद गर्दा सामान्य गल्तीले समेत धेरै ठुलो असर पर्ने भएकाले कानून व्यवसायीसँग देहायका सञ्चार सीप आवश्यक पर्दछ ।
- पक्षसँग प्रभावकारी संवाद कायम गर्ने
- निज सँग विवाह लगायतका सम्पुर्ण सूचना सहज रुपमा प्राप्त गर्ने
- पक्षलार्इ सामाजिक रुपमा उचित निर्णय लिन मद्दत गर्ने
- पक्षसँग बढीभन्दा बढी कुराकानी गर्ने
२. सुन्ने क्षमता
सामान्यतया पुरुषको हिंसाले महिलाहरु बोल्नलार्इ डर मानिरहेका हुन्छन् । यस्तो अवस्थामा कानून व्यवसायीले पक्षलार्इ बोल्नको लागि प्रेरित गर्न सक्नुपर्छ । सामान्यतया सुन्ने क्षमता निम्न २ प्रकारका हुन्छन् ।भ्
अ) आफु निष्क्रिय रही सुन्ने क्षमता (Passive listening): निष्क्रय भर्इ सुन्नु पनि एउटा दक्षता हो । निष्क्रियता को अर्थ नसुन्नु वा ध्यान नदिनु भन्ने होर्इन । बरु बोल्ने व्यक्तिको प्रवाहमा कुनै बाधा नआवस् भनी चुप लागेर सुन्नु हो । Passive listening गर्दा निम्न विषयमा ध्यान दिनु पर्दछ ।
ऑखाको सम्पर्क : आखाको सम्पर्क बनाइ राख्नु पर्दछ ।
बसाइको अवस्था : आफ्नो बसाइको अवस्था अनुशासित बनाउनुपर्दछ ।
सहमत हुनु : पक्षको कुरालार्इ सुनेर उस्को पीडा महसुस गर्दै उस्को कुरामा सहमत हुनुपर्दछ ।
टाउको हल्लाउनु : सम्बन्ध विच्छेद गर्न चाहने महिला वा पुरूषले पीडाको महसुस गरिरहेको हुन्छ । त्यसैले पीडितको सान्त्वनाको लागि भए पनि परामर्श को लागी बस्दा टाउको हल्लार्इ निजको कुरा सुनिदिनु पर्छ ।
आवश्यकता अनुसार आफ्नो अभिव्यक्ति दिने: महिलाहरु श्रीमान र परिवारसँगको पीडाले गर्दा बोल्न, आफ्नो कुरा राख्न नसक्ने हुन्छन् । यसरी बोल्दाबोल्दै पक्ष चुप लागेको अवस्थामा पनि त्यस पछि के भयो अथवा अगाडी भन्दै जानुस भनेर पक्षलार्इ बोल्न उक्साउनु पर्दछ ।
आ)आफु सक्रिय रही सुन्ने क्षमता (Active listing):
कानून व्यवसायीले सक्रिय श्रोता बनी सम्बन्ध विच्छेद गर्न चाहने पक्षलार्इ कुराकानीकै क्रममा उसको दु : ख यस्तो प्रकारको हो , कानूनमा यसलार्इ यसरी सम्बोधन गरेको छ र सम्बन्ध विच्छेद यो तरिका बाट गर्न सकिन्छ भनेर सल्लाह दिनुपर्दछ ।