
नेपालमा संम्बन्ध विच्छेदको कारणा
This post is also available in:
English
जीवनमा कसैले पनि सम्बन्ध विच्छेद गर्दछु भनेर सोचाइ राख्दैन । व्यक्तिको जीवनमा नचाहेर पनि सम्बन्धमा उतारचढाव हुने गर्दछ । व्यक्तिले के कति कारणले सम्बन्ध विच्छेद गर्दछन् भनी डिभोर्स नेपालले काठमाण्डौं जिल्ला अदालतमा चलेका सन २०१८ र २०१९ को १०० वटा केस अध्ययन गरेका थियो । हामीले १०० मुद्दाका व्यक्ति हरूलार्इ के कारणले सम्बन्ध विच्छेद गर्न लाग्नु भयो भनेर प्रश्न सोधेका पनि थियौं । निजहरूले निम्न कारण हरू भन्नु भएको थियो ।
- एक्लोपन
हामीले सर्भे गर्दा कुल ६४ प्रतिशत अथार्त सबै डाटाको ६४ प्रतिशतको पति विदेश वैदिशक रोजगारमा गएका थिए । हामीले प्रश्न सोध्दा अथार्त तपाइले के कारणले सम्बन्ध विच्छेदको निवेदन दिनुभएको भनेर प्रश्न गर्दा अधिकांशले एक्लोपन भनेका थिए । दाम्पत्य जीवनमा एक आपसमा समय नदिनु सम्बन्ध विच्छेदको प्रमुख कारण हो ।
- प्रतिबद्धता पुरा नर्गनू
हामीले सम्बन्ध विच्छेदको के कारणले भएको भनेर प्रश्न गर्दा पतिपत्नीले आफ्नो दायित्व पुरा नगरेको भन्ने कारण दोस्रो प्रमूख कारण थियो । पति ले दायित्व पुरा नगरेर रक्सी सेवन गर्ने जस्ता कारणहरू भनेका थिए । विवाह गर्दा कसैले पनि पति पत्नीले एक आपसमा गरेको प्रतिबद्धता बिर्सने र सहयोग नहुने भनेर कल्पना पनि गरेका हुँदैनन् । बिस्तारै समयले कोल्टे फेरे पछि एकअर्कामा सहयोग सर्मपणको भावना हराउदै जान्छ ।
- नजीकता
हामीले सर्भे गर्दा ६४ प्रतिशतको पति विदेश वैदेशिक रोजगारमा गएका थिए । विदेशमा गएका प्राय सबैको दाम्पत्य जीवनमा नजीकता थिएन । विदेशमा भएका व्यक्तिको पति वा पत्नी यहा अन्य व्यक्ति सँग सम्बन्ध समेत रहेको देखियो । यसबाट पति पत्नीमा आत्मीयता कम भएको र एकआपसमा शंका बढाएको थियो ।
- मनमुटाव बढेको
हामीले सर्भे गर्दा धेरैले सामान्य कुरामा विवाद आइरहन्छ भनेका थिए । दाम्पत्य जीवनमा सामान्य कुरा बढ्दै गएर ठूलो मन मुटाव हुने गर्दछ । सानो बिषयमा बेलैमा सचेत भएर समस्या समाधान नर्गदा प्राय सम्बन्ध विच्छेद बढ्दै गएको छ । सर्भेमा प्रश्न गर्दा प्राय सम्बन्ध विच्छेद गर्न चाहने महिलाहरूले सामान्य झगडा बढेपछि सम्बन्ध विच्छेद भएको भनेका थिए ।
- धोखाधडी
हामीले सर्भे गर्दा अधिकांशको पति अथवा पत्नी विदेशमा वैदिशक रोजगारमा गएको व्यहोरा उल्लेख गरेका थिए । धेरैलाइ प्रश्न गर्दा एक अपसमा धोखा दिएको भनी जवाफ दिएका थिए । विदेशबाट पतिले पैसा पठाएको तर नेपालमा पत्नीले परपुरूषसँग शारीरिक सम्बन्ध राखेर पतिले पठाएको पैसा सकेको पनि केस थिए । यसरी अधिकांश मुद्दामा धोखाधडी प्रमुख कारण रहेको छ ।
- सानै उमेरमा विवाह भएको
डिर्भोस नेपालले सर्भे गर्दा कुल १०० जना व्यक्ति मध्ये २२ जना कम उमेरका थिए । किन चाडै विवाह गरेको भन्दा धरै कारण बताएका थिए । अहिले सामाजिक सञ्जालको र अनेक कारणबाट सानो उमेरमा मायाजालमा पर्ने र विवाह गर्ने चलन बढेको छ । यसरी करियर बनाउने समयमा विवाह गर्दा धेरै मनमुटाव बढेको र अन्तमा सम्बन्ध विच्छेद समेत भएको छ ।
- आर्थिक अवस्था वा गरिबी
डिर्भोस नेपालले गरेको सर्भेमा अन्तरवार्ता दिने प्राय जसो व्यक्तिले आर्थिक अवस्थाको कारण समेत जनाएका थिए । Money or economical reason पनि सम्बन्ध विच्छेदको प्रमुख कारण थियो । प्राय पति रक्सीको कुलतले पैसा सक्ने र जागिर समेत नगर्ने गरेको पाइएको थियो ।
- अव्यावहारिक
हामीले सर्भे गरेको मध्ये ३३ जना २५ बर्ष भन्दा कम उमेरका थिए । यो उमेरका दम्पत्तिहरूमा अव्यावहारिक चाहना रहेको देखियो । हामीले डिभोर्सको चाहना राख्ने जोडीहरूलार्इ प्रश्न गर्दा फिल्मको जस्तो सधैं रेस्टुरेन्ट र फिल्म हेर्न जाने र धेरै उपहारको माग गर्ने र सोचेको जस्तो भएन भनेर सम्बन्ध विच्छेद गर्न खोजेको भन्ने गरेका थिए ।
- दुर्व्यबहार
हामीले Sample लिएकोमा ११ जना जतिले Physical Abuse र Sexual Abuse भएको भनेर सम्बन्ध विच्छेदको कारणमा जनाएका थिए । अहिले पत्नी माथि घरेलु हिंसा बढ्दै गएको छ । पति वा पत्निले अनेक किसिम बाट हिंसा गर्दै गएको सर्भेमा उल्लेख भएको थियो । हामीले गरेको सर्वेक्षणमा २ जनाले पतिले अप्राकृतिक मैथुन गर्न खोजेको समेत जनाएका थिए ।
- बालबच्चा
हामीले किन सम्बन्ध विच्छेद गरेको भनि प्रश्न गर्दा कतिपय ले बालबच्चाको बिषयमा पनि झगडा परेको बताएका थिए । पति पत्नीले एक आपसमा बच्चालार्इ हेरचाह नगरेको माया नगरेको भनेर झगडा पर्ने गरेको बताएका थिए ।
सारांशः
माथि उल्लेख गरिएका बुँदाहरू नेपालमा सम्बन्ध विच्छेद हुने केही कारणहरू हुन् । त्यसैले सम्बन्ध सुधारका लागि सञ्चार र समझदारी आवश्यक पर्दछ । सम्बन्ध सुधारका लागि मेलमिलापको अवसर दिनुपर्दछ । डिभोर्स नेपालले पतिपत्नी बीचको सम्बन्ध सुधारका लागि उपयुक्त सेवा प्रदान गर्दछ ।