Menu
X
image

सम्बन्ध विच्छेद गर्दा कसरी खर्च कम गर्न सकिन्छ ?

This post is also available in: English

सबै व्यक्तिको दाम्पत्य जीवन सोचेजस्तो हुन्छ भन्न सकिँदैन । कतिपय मानिसहरू आफ्नो बानीव्यहोरा र कुलतयुक्त संगतले वैवाहिक जीवनको सुरुवात देखि नै नारकीय र दुःखपूर्ण जीवन व्यतित गरिरहेका हुन्छन् । लागू औषधको दुर्व्यसनी , मानसिक बिरामी र अन्य यस्तै कारणले

श्रीमान श्रीमती बीचको सम्बन्ध बिग्रिएको हुनसक्छ । त्यस्तो बेलामा तपाईंको जीवनमा सम्बन्ध विच्छेद बाहेकको अन्य विकल्प नरहन पनि सक्छ । उदाहरणका लागि तपाईंलाई परिवारले विदेशी, पि.आर लिएको, विदेशको नागरिकता भएको आधारमा अथवा विदेशमा डिपेन्डेन्ट भिसामा जाने अवसरका लागि वैवाहिक जीवनमा बाँधि दियो। तर तपाइंको वैवाहिक जीवन सोचे जस्तो भएन । तपाई माथि मानसिक तथा शारीरिक हिंसा हुन थाल्यो । यस्तो घटनाले तपाईंलाई सम्बन्ध विच्छेदको निर्णय गर्न पर्न सक्छ तर सम्बन्ध विच्छेद गर्ने खर्च नहुन सक्छ । यस्तो अवस्थामा सरल तरिकाले सस्तोमा सम्बन्ध विच्छेद गर्न कसरी सकिन्छ भनेर विचार गर्नुपर्ने हुन्छ । यस सम्बन्धमा देहायका उपायहरू अपनाउन सकिन्छ ।

१) वकिल राख्दा बिचार गर्ने

हामीले जीवनमा ठुलो भ्रम पालिराखेका हुन्छौं। हामीले नाम चलेको र ठुलो ल फर्ममका वरिष्ठ अधिवत्ताको सहयोग लिएमा मात्र आफ्नो मुद्दा जितिन्छ भन्ने भ्रममा बसिरहेका हुन्छौ । तपाईले सम्बन्ध विच्छेदमा ठुलो ल फर्म वा वरिष्ठ अधिवत्ता राख्न खोज्दा तपाईको धेरै खर्च हुन्छ । त्यसैले तपाईलाई सरलरुपमा सम्बन्ध विच्छेद गर्नको लागि हामीलाई सम्झनु होस् । डिर्भोस नेपालमा तीसौ वर्ष सम्बन्ध विच्छेद सम्बन्धि मुद्दा हेर्नु भएका धेरै महिला र पुरुष कानून व्यवसायीहरु हुनुहुन्छ । हामी तपाईको समस्यालाई सामुहिक रुपमा छलफल गरी सरल तरिकाले सम्पन्न गर्दछौं ।

२) आफ्नो समस्या भन्ने

तपाई सम्बन्धको कारणले पीडामा रहनुभएको छ । तपाईसँग सम्बन्धविच्छेदको लागि आवश्यक रकम छैन भने आफ्नो सम्पूर्ण दुःख आफ्नो कानून व्यवसायीसँग भन्नुहोस् । कानून व्यवसायीलाई सम्पूर्ण व्यहोरा भन्नुहोला । तपाईको दुःख हेरेर कानून व्यवसायीले खर्च कटौती

गर्ने तरिका भन्नु हुन्छ ।

३) तारिखमा आफै बस्ने

अदालतमा मुद्दा दर्ता गरेपछि अदालतले विपक्षीलाई मुद्दाको जानकारी गराउने काम गर्दछ । विपक्षीले अदालतले दिएको समयमा जवाफ दिनु पर्दछ । यसरी दुवैजना अदालतमा आएपछि दुबैजनालाई एकैदिनको समय दिई बोलाउने गरिन्छ । उक्त दिनलाई अदालती भाषामा तारिख भनिन्छ । तपाईले अफ्नो सट्टामा अर्को व्यक्तिलाई तारिखमा पठाउनु भयो भने तपार्इको खर्च बढ्न जान्छ । तपाई तारिखको दिन आफै जाँदा मुद्दामा खर्च कम गर्न सकिन्छ ।

४) प्रत्येक पेशी हेयरिङ्गमा वकिल नलैजाने

मुद्मा  यदि दुईजनाको सहमतिमा सम्बन्ध विच्छेद गर्ने हो भने दुई दिनमा सम्बन्ध विच्छेद हुन्छ । यदि एक पक्ष सम्बन्ध विच्छेद गर्न तयार नभएको खण्डमा मुद्दा लम्बिन्छ । मुद्दामा प्रत्येक पेशीमा वकिलले बहस गर्नु पर्दैन । उदाहरणको लागि मुद्दा दर्ता गरेपछि पहिलो पेशीमा प्रमाण बुझ्ने आदेश हुन्छ । सम्बन्ध विच्छेद मुद्दामा यदि श्रीमान श्रीमतीहरु बीच सम्बन्ध विच्छेद गर्न एक पक्ष तयार नभएको खण्डमा एक वर्ष सम्म फैसला गर्न मिल्दैन । त्यसैले अदालतले मिलापत्रमा पठाउने र साक्षी बकपत्र गराउने आदेश गर्दछन् । त्यसैले अदालतले अधिवक्ताले बहस नगर्दा समेत उक्त आदेश गर्ने गर्दछ । त्यसैले उक्त आदेश अथवा प्रमाण बुझ्ने क्रममा वकिल नराखी आफै न्यायाधीश समक्ष आफ्नो कुरा भन्दा तपाईले खर्च जोगाउन सक्नुहुन्छ ।

५) सम्पत्ति र अशंको दाबी गर्ने

अंश दावी गरेर सम्बन्ध विच्छेद गर्दा समय धरै लाग्छ भनेर तपाईंले सम्बन्ध विच्छेद निवेदन दर्ता गर्दा तपाईले अंश नलिने भनी आफ्नो अधिकार छोड्नु हुँदैन । नेपालको सिभिलकोडले सम्बन्ध विच्छेद गर्दा महिलाले अंश पाउने व्यवस्था गरेको छ । त्यसैले अंशको दावी गरी सम्बन्ध विच्छेदको निवेदन दिनुहोला । अन्यथा अहिलेको हतारले भविष्यमा पश्चात्ताप हुनसक्छ।

६) पारिश्रमिकको बारेमा पहिले नै तय गर्ने

तपाई अप्ठारोमा परेका बेलामा अथवा तपाई दुःखको अवस्थामा तपाईको अवस्थाको फाइदा वकिलहरुले लिन सक्छन् । धेरै वकिलहरु बिधुवा महिला ,एकल महिला , र आर्थिकरुपले कमजोर महिलाहरुलाई प्रलोभनमा पारिरहेका हुन्छन् । तपाईंको मुद्दा मामिला हामी निःशुल्क हेरिदिन्छौं र तपाईंको अंशबाट आएको सम्पत्तिको आधा हिस्सा लिन्छौं भन्ने कानून व्यवसायीहरु पनि हुन्छन् । कानून व्यवसायीले यस्तो प्रस्ताव राख्नु कानून व्यवसायीको आचार संहिताको विरुद्ध हुन्छ । यस्तो प्रस्ताव गर्ने कानून व्यवसायीसँग कानूनी सल्लाह लिनुहुँदैन र तपार्इंले त्यस्ता कानून व्यवसायीहरुबाट कानुनी उपचार नलिनु होला ।

७) प्रलोभनमा नपर्ने

तपाईं समस्यामा पर्नु भएको बेलामा थप समस्या नहोस् र तपाईलाई सहजरुपमा कानूनी उपचार प्राप्त होस् भनेर यो वेभसाइट बनाईएको हो । तपाईंलाई सर्वप्रथम सहज रुपमा सस्तोमा कानूनी उपचार दिन्छु भन्ने गर्दछन् । सम्बन्ध विच्छेदको निवेदन दर्ता गरेपछि तपाईंसँग धेरै पैसा असूल गर्न सकिन्छ भनेर अदालतको कर्मचारीलाई पैसा दिनुर्छ , न्यायाधीशलाई पैसा दिनुपर्छ भनेर तपाईसँग धेरै पैसा माग्न सक्दछन् । यसरी कसैले यस्तो पैसामा मागेमा उक्त कानून व्यवसायीको उजुरी गर्नुपर्दछ ।

८) विचौलिया देखि सावधान रहने

तपाईं मुद्दा मामिलामा समस्यामा परेको बेलामा अदालत वरिपरि समाजमा विचौलियाहरु तपाईसँग कसरी पैसा असूल गर्न सकिन्छ भनेर लागिरहेका हुन्छन् । तपाईंको मुद्दा चाँडै मिलाई दिन्छु भनी पैसा असूल गर्न खोज्ने व्यक्तिहरु धेरै हुन्छन् । यस्तो व्यक्तिको पछि लागेर पैसा खर्च नर्गनुहोला ।

No Tag have Found!
Back To Home

© Copyright 2021 Divorce Nepal. All rights reserved. Developed By: HexxaSoft P. Ltd.